विराटनगर । विराटनगर महानगरपालिका– ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका प्रेमी हाल फरार रहेका छन् ।
यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि भने गरेको छैन । धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो । हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरीले जनाएको छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्।
मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दासको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिन्छ । प्रहरीले अनुसन्धान गरीरहेको र घटनाको प्रकृति हेर्दा हिजोअस्ति नै हत्या भएको जस्तो देखिएको भएपनि सबै विषय खुलि नसकेको उनले बताए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
हत्यापछि साथीलाई म्यासेज
प्रहरीका अनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको (शंकास्पद व्यक्तिको पनि) साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो । अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ । म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराइन् ।
शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा विभत्स अवस्थामा शव देखे, त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएका थिए । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ । तर, प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी नै हुन भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अमिन पनि स्वास्थ्यकर्मी हुन् । उनी सिराहामा नै काम गर्छन् ।
‘विभिन्न कुराहरु आएका छन्, हामी अनुसन्धान गर्दैछौं, निष्कर्षमा पुगिएको छैन,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘शंकास्पद व्यक्तिमाथि निगरानी बढाएका छौं ।’ प्रहरी स्रोतका अनुसार प्रेममा खटपट हुँदा दासको हत्या भएको देखिन्छ । ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्,’ कार्कीले भने,‘ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०६:४६
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...
श्रावण २६ गते, २०८३ - ०६:४२
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...



प्रतिकृया लेख्नुहोस्: