विराटनगर । विराटनगर महानगरपालिका– ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका प्रेमी हाल फरार रहेका छन् ।
यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि भने गरेको छैन । धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो । हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरीले जनाएको छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्।
मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दासको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिन्छ । प्रहरीले अनुसन्धान गरीरहेको र घटनाको प्रकृति हेर्दा हिजोअस्ति नै हत्या भएको जस्तो देखिएको भएपनि सबै विषय खुलि नसकेको उनले बताए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
हत्यापछि साथीलाई म्यासेज
प्रहरीका अनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको (शंकास्पद व्यक्तिको पनि) साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो । अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ । म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराइन् ।
शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा विभत्स अवस्थामा शव देखे, त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएका थिए । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ । तर, प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी नै हुन भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अमिन पनि स्वास्थ्यकर्मी हुन् । उनी सिराहामा नै काम गर्छन् ।
‘विभिन्न कुराहरु आएका छन्, हामी अनुसन्धान गर्दैछौं, निष्कर्षमा पुगिएको छैन,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘शंकास्पद व्यक्तिमाथि निगरानी बढाएका छौं ।’ प्रहरी स्रोतका अनुसार प्रेममा खटपट हुँदा दासको हत्या भएको देखिन्छ । ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्,’ कार्कीले भने,‘ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: