Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

तस्करीका सामान र संलग्न दिनदिनै पक्राउ

फाइल फाेटाे
खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको सिमावर्ती क्षेत्रमा भारतबाट तस्करी गरेर भित्र्याइएका दैनिकी उपभोग्य वस्तुदेखि मानवीय उपयोगका सामान र ओसारपसारमा संलग्न दिनदिनै पक्राउ पर्न थालेका छन् । एक महिनायता प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि दैनिक सामान बरामद र संलग्न पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी र मातहत कार्यालयबाट शुक्रबार खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका–१३ स्थित कालिदह नाकाबाट भन्सार छलेर भित्र्याएर गोदाम गरेको अवस्थामा साढे १० लाख रुपैयाँ मूल्य बराबारको २ सय ९० बोरा प्याज बरामद गरिएको छ । बरामद प्याज आवश्यक कारबाहीका लागिु भन्दै भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीबाट शुक्रबार खटिएको टोलीले सिद्धार्थनगर–६, गल्लामण्डीबाट भन्सार छलेर भित्र्याइएको २ क्विन्टल प्याज, चार बोरा खुर्सानी, एक बोरा लौका र दुई कार्टुन भिण्डी बरामद गरिएको जनाएको छ । गत बिहीबार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–३ मा भारतबाट भन्सार छलेर ल्याउादै गरेको अवस्थामा चार बोरा चिनी बरामद गरिएको थियो । यस्ता सामाग्री दैनिक बरामद हुनुले जिल्लाको मूल भन्सार नाका बेलहियाबाट तस्करी नभएपछि ग्रामीण क्षेत्रबाट मानव उपयोगका सामान भन्सार छलेर भित्र्याउने गरिएको हो ।

 एक महिना यता तस्करीका सामान बरामद र कारोबारमा संलग्नलाई पक्राउ गर्ने काम तीव्र पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत बिहीबार सम्मरीमाई–७ हर्दीबाट लु १ च १५९० नम्बरको पिकअप गाडीसहित अवैध सामान बरामद गरिएको थियो । प्रहरीले बिहीबार नै सिद्धार्थनगर–१ बाइपासस्थितमा भारतको महाराजगंज जिल्लासुनौली ग्रामका ३२ वर्षीय कोजग्गु शाहानीले चलाएर ल्याएको साइकलमा ८४ हजार रुपैयाँ मूल्यको करिव ५६ किलो तामाको तार बरामद गरेको जनाएको छ ।

एक साता अघि इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१, बाइपासचोकस्थितबाट ५९ थान झाडु, हर्बल न्युट्रेशन फार्मुला ३ थान बरामद गरेको थियो । भैरहवास्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले गत बुधवार ओमसतिया–२ पड्सरीस्थित पुनम पथमा बेवारिसे अवस्थामा साढे ६७ हजार मूल्यको ७५ थान साडी बरामद गरेको थियो ।

गत फागुन ३० गते जिल्ला प्रहरीको टोलीले ओमसतिया–५ गौरीका गुल्जार अहमद मुसलमानलाई लु ८ प ५९१९ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको ६४ वटा बोइलर कुखरा नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय तस्करी नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । ‘नका अनुसार एक महिनामा ७६ लाख ६५ हजार १०६ रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।

प्रहरीका अनुसार एक महिनामा चोरी तथा तस्करीमा प्रयोग भएका १३ वटा मोटराइकल, एउटा पिकअप, ३ वटा ट्रक र एउटा ट्याक्टर प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा पठाइएको छ । ३८ वटा गोरू र ३ बाख्रा, अवैध ब्रोइलर कुखुरा ७६२ वटा, माछा २७० केजी पनि नियन्त्रणमा लिएर क्वारेन्टाइन कार्यालय पठाइएको छ । नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको एउटा ट्याक्टर ढुंगासहित बुटवल प्रहरीलाई बुझाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending