Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

गठबन्धन भत्किएर निराश छैनौं, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

खबरडबली संवाददाता

दिपायल । नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैँ प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताए।

नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बेइमानीका कारण कांग्रेस सम्मिलित गठबन्धन टुटेको उनले बताए। ‘राजनीतिक बेइमानी गर्नेहरूका धेरै दिन रहँदैनन्। २०८४ मा जनताले हैसियत देखाइदिने छन्। कांग्रेसले लोकतन्त्रको संस्थागत विकास गर्नुपर्छ भन्दा आत्तिएर प्रचण्डजीले गठबन्धन तोड्नु भएको हो। उहाँको अस्थिर राजनीतिका कारण मुलुकले ठूलो क्षति बेहोरिरहेको छ,’ विष्टले भने।

अब सिंगो पार्टी पङ्क्ति कांग्रेसलाई मतदान गर्ने वातावरण सिर्जना गर्न केन्द्रित हुनुपर्ने विष्टले बताए। गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सबै नेताहरू इमानदार हुनुपर्ने उनको भनाइ छ।

पार्टी सभापतिलाई मात्र दोषारोपण गरेर कोही चोखिन नसक्ने विष्टले बताए। ‘२०७४ को निर्वाचनमा गठबन्धन गर्नु भएन भनेर सभापतिको आलोचना भयो। २०७९ मा गठबन्धन भयो भनेर आलोचना गरियो। त्यसैले यस्ता आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पनि हामी एक भएर अगाडि बढ्नुपर्छ। एक भएर जनताका माझमा गयौं भने हामीलाई दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन,’ उनले भने।

मुलुकको सबैभन्दा पुरानो र विश्वसनीय दल कांग्रेस रहेकाले जनताले समृद्धिका लागि सुदृढ कांग्रेस खोजिरहेको विष्टको भनाइ छ। डोटी कांग्रेसको गड भए पनि अन्तरघातको सिकार भइरहेको उनको दुखेसो छ।

यसका साथै मुलुकको दक्ष जनशक्ति निर्माणमा र लोकतन्त्रको रक्षामा शिक्षकहरूको ठूलो भूमिका रहँदै आएको उनले स्मरण गरे। सत्यको बाटोमा हिँड्ने भएकाले शिक्षकमाथि सबैको विश्वास रहने विष्टले बताए।

तर, अझैँ पनि नेपालको शैक्षिक क्षेत्रमा कतिपय कुरामा सुधार गर्नुपर्ने उनको धारणा थियो। प्रविधिको विकाससँगै गुरु र चेलाको सम्वन्ध मित्रवत् हुनुपर्ने बताए।

शिक्षक संघ डोटीका अध्यक्ष नवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य भरत खड्का, कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्का, शिखर नगरपालिकाका मेयर दीर्घ बलायर, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, कांग्रेस महासमिति सदस्य सिताराम जोशी, पार्टी सचिव नारायण बलायर, शिक्षक संघका सुदूरपश्चिम अध्यक्ष डिल्लीराज पन्त, ट्रेड युनियन सुदूरपश्चिम महासचिव गणेश मल्ललगायतले आफ्नो भनाइ राखेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

भन्सार बिभागमा धर्नामा उत्रेकामाथि प्रहरी हस्तक्षेप, दर्जनौं पक्राउ

काठमाडौं। भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies