सिन्धुली । पछिल्लो समय सिन्धुलीमा तपस्वी रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच द्धन्द्ध बढ्दै गएको छ । बम्जनका अनुयायीहरुले स्थानीलाई बाटोमा हिडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाउँदै आएपछि उनीहरुबीच द्धन्द्ध बढ्दै गएको हो ।
जिल्लको कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट उनका अनुयायीहरुले स्थानीयलाई हिडडुल गर्न, वनमा घाँसदाउरा काट्न, घाटमा मलामी जान रोक लगाउँदै आएको स्थानीयले बताएका छन । मंगलबार कनपा ५ का वडाध्यक्ष पूर्णबहादुर खड्कालाई अँधेरी खोलामा बन्दै गरेको कल्भर्ट अनुगमनमा जाँदा अनुयायीहरुको दुव्र्यवहार गरेपछि यो कुरा सार्वजनिक भएको हो ।
अनुगमनमा परिचय दिँदा समेत जान नदिएपछि खड्का र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरुले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी स्थानीयलाई धाकधम्कि दिने, हिडडुल गर्न रोक लगाउने, वनमा घाँस दाउरा गर्न जान समेत नदिने गरेको बताइएको छ । सो क्रममा मैत्री मंगलमका अनुयायीहरुले हिड्डुल गर्न अनुमति नभएको र बाटोमा हिड्न दिन मिल्दैन भन्दै आफुलाई अनुगमनमा जान समेत रोक लगाएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले बताए ।
उनले भने, ‘कपाल पालेका, निलो ड्रेस लगाएका व्यक्तिहरुले आफुलाई अनुगमन गर्न जान दिएनन ।’ म वडाअध्यक्ष हुँ, अनुगमनमा जान लागेको भनेर परिचय दिँदा समेत नदिएको बताउँदै खड्काले नागरिकले धेरै दुःख पाएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष एवम् सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हितलाल श्रेष्ठले तपस्वी बम्जनको पहिरे क्षेत्रमा चारवटा सामुदायीक वन उपभोक्ता समूहका उपभोक्ताहरु प्रमाभवित भएको बताए ।
उनका अनुसार दक्षिणकाली सामुदायिक वन, चनदेवी सामुदायिक वन, सिद्धठाकुर सामुदायिक वन र सरस्वती वन उपभोक्ता समूहका उपभोक्तालाई समस्या परेको बताए । उनका अनुसार बेसारे, धापसार लगाएतका गाउँका नागरिकले हिडडुल गर्न समेत नपाएको बताए । यस्तै कुलोखोलाको मसानघाटमा लास लिएर जाँदा समेत मैत्री मंगलमका टोलीले अवरोध गर्दै आएको उनले बताए ।
कुलोखोला देखि तीन दोभानसम्मको अँधेरी खोला क्षेत्रको तीन किलोमिटर बाटोमा मैत्री मंगलमका अनुयायीहरुले अवरोध गरिरहेको बताउँदै सामुदायिक वनका उपभोक्ताहरुले वनको संरक्षण र उपयोग गर्न समेत नपाएको श्रेष्ठले बताए । उनले स्थानीयहरु डर, धम्कि र त्रासमा रहेको भन्दै भयबाट मुक्ति पाउनुपर्ने बताए ।
दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य मैना श्रेष्ठले वनमा घाँस काट्न नदिने, कराउने, जे पनि गर्न सक्छौं भन्ने, फोटो खिचेर राख्ने लगाएतका गतिविधि गरेको बताईन । उनले दुई दिन अघि अन्तिम पटक सम्झाउँछौं, मानेनौ भने जे पनि गर्छौं भनेर धम्काएको बताईन ।
दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्वको अवस्था सृजना भएको बताउँदै विगतमा पनि स्थानीयहरुसँग पटक पटक झडप भएको र फेरी पनि झडपको अवस्था आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: