Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्व बढ्दै, स्थानीय प्रशासन माैन

सिन्धुलीमा बम्जनका अनुयायीहरूकाे ज्याद्वती, महिला बालबालिकालाई जे पनि गर्ने धम्की

खबरडबली संवाददाता

सिन्धुली । पछिल्लो समय सिन्धुलीमा  तपस्वी रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच द्धन्द्ध बढ्दै गएको छ । बम्जनका अनुयायीहरुले स्थानीलाई बाटोमा हिडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाउँदै आएपछि उनीहरुबीच द्धन्द्ध बढ्दै गएको हो ।

जिल्लको कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट उनका अनुयायीहरुले स्थानीयलाई हिडडुल गर्न, वनमा घाँसदाउरा काट्न, घाटमा मलामी जान रोक लगाउँदै आएको स्थानीयले बताएका छन । मंगलबार कनपा ५ का वडाध्यक्ष पूर्णबहादुर खड्कालाई अँधेरी खोलामा बन्दै गरेको कल्भर्ट अनुगमनमा जाँदा अनुयायीहरुको दुव्र्यवहार गरेपछि यो कुरा सार्वजनिक भएको हो ।

अनुगमनमा परिचय दिँदा समेत जान नदिएपछि खड्का र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरुले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी स्थानीयलाई धाकधम्कि दिने, हिडडुल गर्न रोक लगाउने, वनमा घाँस दाउरा गर्न जान समेत नदिने गरेको बताइएको छ । सो क्रममा मैत्री मंगलमका अनुयायीहरुले हिड्डुल गर्न अनुमति नभएको र बाटोमा हिड्न दिन मिल्दैन भन्दै आफुलाई अनुगमनमा जान समेत रोक लगाएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

उनले भने, ‘कपाल पालेका, निलो ड्रेस लगाएका व्यक्तिहरुले आफुलाई अनुगमन गर्न जान दिएनन ।’ म वडाअध्यक्ष हुँ, अनुगमनमा जान लागेको भनेर परिचय दिँदा समेत नदिएको बताउँदै खड्काले नागरिकले धेरै दुःख पाएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष एवम् सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हितलाल श्रेष्ठले तपस्वी बम्जनको पहिरे क्षेत्रमा चारवटा सामुदायीक वन उपभोक्ता समूहका उपभोक्ताहरु प्रमाभवित भएको बताए ।

उनका अनुसार दक्षिणकाली सामुदायिक वन, चनदेवी सामुदायिक वन, सिद्धठाकुर सामुदायिक वन र सरस्वती वन उपभोक्ता समूहका उपभोक्तालाई समस्या परेको बताए । उनका अनुसार बेसारे, धापसार लगाएतका गाउँका नागरिकले हिडडुल गर्न समेत नपाएको बताए । यस्तै कुलोखोलाको मसानघाटमा लास लिएर जाँदा समेत मैत्री मंगलमका टोलीले अवरोध गर्दै आएको उनले बताए ।

कुलोखोला देखि तीन दोभानसम्मको अँधेरी खोला क्षेत्रको तीन किलोमिटर बाटोमा मैत्री मंगलमका अनुयायीहरुले अवरोध गरिरहेको बताउँदै सामुदायिक वनका उपभोक्ताहरुले वनको संरक्षण र उपयोग गर्न समेत नपाएको श्रेष्ठले बताए । उनले स्थानीयहरु डर, धम्कि र त्रासमा रहेको भन्दै भयबाट मुक्ति पाउनुपर्ने बताए ।

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य मैना श्रेष्ठले वनमा घाँस काट्न नदिने, कराउने, जे पनि गर्न सक्छौं भन्ने, फोटो खिचेर राख्ने लगाएतका गतिविधि गरेको बताईन । उनले दुई दिन अघि अन्तिम पटक सम्झाउँछौं, मानेनौ भने जे पनि गर्छौं भनेर धम्काएको बताईन ।

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्वको अवस्था सृजना भएको बताउँदै विगतमा पनि स्थानीयहरुसँग पटक पटक झडप भएको र फेरी पनि झडपको अवस्था आएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending