Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

को हुन राष्ट्रियसभा अध्यक्षका उमेदवार नारायण दाहाल ?

सामाजिक सञ्जालमा रोईलो नगरौं वास्तविकता बुझौं

खबरडबली संवाददाता

काठमाडौं । २०१२ साल चैत्र १६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा स्वर्गिय बुवा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका पहिलो सन्तानको रुपमा नारायण दाहाल क.‘सरल’ को जन्म भएको थियो ।

२०१९ सालमा ७ वर्षको उमेरमै चितवन बसाईसराई गरी शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कूले शिक्षा पुरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएका थिए । कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निस्शुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाईने हुनाले स्कूले जीवनमै दाहालले धेरै चिनियाँ कम्युनिष्ट पार्टीका चीन सचित्र, रेडबुक जस्ता पुस्तकहरु पढेका थिए ।

२०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै २ घण्टा हिडेर जुलुस र कार्यक्रममा सहभागी भएका दाहाल दाजुभाई दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए । 

त्यो बेला शिवनगरमा बसोबास गर्ने करिब ९५ प्रतिशत मान्छेहरु स्वतः कम्युनिष्ट हुन्थे । त्यसैले उनी पनि बाल्यकाल मै नबुझी कम्युनिष्ट पार्टीप्रति आस्थावान बन्न पुगे । कम्युनिष्ट सत्ता आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले मलाईआफु कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको उनी स्मरण गर्छन् । 

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आवद्ध दाहालले २०३१ सालमा विरेन्द्र क्याम्पस भरतपुरमा पढ्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए । सदस्यता लिएको केही समयपछि ३ जनाको स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने ।

काठमाडौं बस्ने दाहालका साथीहरुले पठाएको मोहन बिक्रमले नेतृत्व गरेको नेकपा चौथोँ महाधिवेशनको मुखपत्र ‘मशाल’ अध्ययनपछि २०३४ सालबाटै दाहाल चौथो महाधिवेशनको सदस्य नबन्दै मोहन विक्रमलाई पार्टी नेता मान्ने निर्णयमा पुगे ।

२०३६ सालमा डिप्लोमा पास गरेर पार्टी जीवनमा होमिका दाहाल सोही समयमै एरिया पार्टी कमिटीको कोषाध्यक्ष भएका थिए  । एरिया कमिटीमा १ बर्ष काम गरेका उनलाई मोहन विक्रम घरमै आएको बेला छलफल भई कमरेड प्रचण्डको सल्लाहमा  पूर्णकालिन सदस्य भई भारत प्रवासमा पार्टी काम गर्न पुगेका थिए । 

बुवा–आमा–श्रीमती र काखे सन्तान छाडेर सर्वहारा वर्गको मुक्तिका लागि दाहाल गोरखपुर पुगे । भारत पुगे लगत्तै दाहालले जिल्ला पार्टीको मान्यता प्राप्त पार्टी कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्नुर्पयो । साथै प्रवासमा रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सचिवको रुपमा काम गर्न थाले । साथै संगठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबिच राजनैतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेलेका थिए ।

२०३७ सालदेखि पार्टीको पूर्णकालिन सदस्य बनेका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे  । समाजको सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुदैँ दोस्रो सम्मेलनपछि महासचिवको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी संगठन विस्तारमा समर्पित रहेका थिए ।

भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाउनु भएका दाहालले आफ्नो जीवनको ठूलो हिस्सा पार्टीको प्रवास कमिटी विस्तारमा खर्चिनु र्पयो । २०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किएका दाहालको ईच्छा नेपालमै बसेर पार्टीलाई योगदान र्पुयाउने थियो । तर दाहाल नेपाल आएपछि प्रवासको पार्टी काम र संगठन परिचालनमा केही जटिलता देखा परेपछि परिवार सहित २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत गए ।

प्रवास पुगेर पार्टी र एकता समाजको काम गर्दा गर्दै पार्टीको निर्णय अनुसार अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटिको जिम्मेवारीमा रहेर ३ बर्ष काम गरे । त्यसपछि पुनः प्रवासको संगठनको अध्यक्ष भई निरन्तर प्रवास पार्टी संगठनमा करिव दुई दशक विताएका दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारी पाए ।

भारतमा रहँदा त्यहाँका भूमिगत कम्युनिष्ट पार्टीसँग भाईचारा सम्बन्ध स्थापित गरेका दाहाललाई भारत सरकारले वारेन्ट जारी गर्दै प्रवासको मोर्चा संगठन अखिल भारत नेपाली एकता समाज माथि प्रतिबन्ध लगायो । जुनबेला दाहाल प्रवास मोर्चा संगठनको अध्यक्षको जिम्मेवारीमा थिए । खुल्ला रुपमा संगठन विस्तार र परिचालन गरिहेका दाहालले २०५९ सालदेखि भारतमै पनि भूमिगत रुपमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो ।

जहाँ पार्टी समस्या त्यहाँ दाहाललाई जिम्मेवारी
२०४६ सालदेखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्कनु भएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी हेडक्वार्टरको निर्देशनमा भारत जानुभयो । २०६० सालमा पार्टी निर्देशन मै नेपाल आएका दाहालले भेरी–कर्णाली क्षेत्रमा काम गरी तीन जिल्लाको पार्टी कमाण्ड सम्हाले ।

जनयुद्ध उत्कर्षको बेला भेरी, कर्णाली राज्य समितिको काममा जुट्दा धेरै पटक सेनाको घेरा र मोर्चामा बाँच्न सफल दाहालको जीवनी अहिले कथा जस्तो लाग्छ । शान्ति प्रक्रियापछि कास्कीको पार्टी कामलाई उठाउनुपर्ने देखिएपछि पार्टी नेतृत्वको निर्देशनमा वहाँले ईन्चार्जको रुपमा जिम्मेवारी बहन गरे ।

कास्कीमा जिम्मेवारी बहन गर्दागर्दै हेडक्वार्टरकै आदेशपछि दाहाल ताम्सालिङ्ग राज्य क्षेत्रको जिम्मेवारी सम्हाल्न पुगे । ताम्सालिङ्ग राज्यको जिम्मेवारीपछि  राजधानी प्रदेश समेत रहेको नेवाः राज्य पार्टीको सचिव बन्नुर्पयो । साथै कहिले संयोजक, कहिले सचिव हुँदै नेवाः राज्य र ताम्सालिङ्ग राज्यको पार्टी काममा सक्रिय रहँदै पार्टी भित्रको अन्तर संघर्षमा कुशलतापूर्वक क. प्रचण्डको पक्षमा पार्टीलाई संगठित बनाई रहे ।

माओवादी जनयुद्धलाई सक्रिय र ठूलो योगदान र्पुयाउने योद्धाका रुपमा परिचित दाहाल बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था र विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्य हुँदै प्रवासमा अनेकौं पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, सांगठनिक काममा सक्रिय हुदैँ आर्थिक र भौतिक साधन श्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान रहेको छ ।

राजकीय भूमिका

तत्कालिन नेकपा माओवादीको मुख्य राजनीतिक एजेण्डा मानिएको संविधानसभा मार्फत नयाँ संविधान बनाउने उद्देश्य पुरा गर्न गठन गरिएको व्यवस्थापिका संसद् २०६३ सालमा दाहाल सदस्य बने । २०६४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित बनेका दाहालले नेपालको ऐतिहासिक संविधान सभा मार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान र्पुयाएका छन् । उनले अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिका समेत निर्वाह गरे ।

स–परिवार युद्ध मोर्चामा होमिँदा

२०२८ साल फागुनमा दुर्गादेवी पौडेलसँग मागी विवाह ग।ेका दाहालको परिवारमा  दुई छोरा (समिर र दिनेश दाहाल) र एक छोरी (कल्पना दाहाल) गरी पाँच सदस्य रहेको थियो ।

२०३० मा जेठो छोरो जन्मिएको सात बर्षपछि पार्टीको पूर्णकालिन सदस्य हुँदै पार्टी प्रवासमा लामो समय बिताएका दाहालको २०४६ सालको जनआन्दोलन मोर्चामा खटिन नेपाल आई यतै बसेर पार्टीमा काम गर्ने इच्छा थियो । प्रवास पार्टी मै काम गर्नुपर्ने भएपछि परिवार सहित भारत फर्किएका दाहालले श्रीमतीलाई समेत पार्टी कमिटी, महिला संगठन निर्माण र परिचालनको जिम्मेवारी दिए ।

युद्धमोर्चामा प्रत्यक्ष रुपमा होमिएका दाहालको जेठो छोरा समिर दाहाललाई २०५८ सालमा पार्टीको पूर्णकालीन सदस्य बनाई जनयुद्धमा सहभागी गराए भने २०६० सालमा जेठा छोरा बुहारीलाई पार्टी कामको लागि भेरी–कर्णालीमा जिम्मेवारी दिए । त्यसपछि २०६२ मा बैबाहिक जीवनमा बाँधिएका कान्छो छोरा दिनेश सहित बुहारीलाई समेत जनयुद्धमा होमे ।

दाहाल परिवारका सबै सदस्य पार्टीमा पूर्णकालिन सदस्य हुँदा छोराहरु, श्रीमती र बुहारीहरु पार्टीद्वारा संचालित विभिन्न मोर्चा, संगठन र विभागमा काम गरेका प्रशस्त अनुभवहरु रहेका छन् ।

सिङ्गो परिवार जनयुद्धको मोर्चादेखि अहिलेसम्म पनि कुनै न कुनै रुपमा पार्टी जिम्मेवारीमा रही र्पुयाएको योगदानप्रति गौरव गर्ने दाहाललाई छोराहरु र छोरीले औपचारिक शिक्षामा राम्रो गर्न नपाएकोमा खल्लो लाग्ने रहेछगरेको बताउँछन्  ।

प्रवासका दुःख

चौकीदारको रुपमा काम गर्ने अधिकांश नेपालीहरुलाई कम्युनिष्ट पार्टीबारे बुझाएर संगठन बिस्तार गर्नु सबैभन्दा चुनौतीपूर्ण काम भएको उनको अनुभव छ । गोरखपुरमा पार्टी कार्यालय संचालन गर्दा आर्थिक स्रोतको अभावले कतिपय दिन भोकभोकै बस्नु परेको पिडा अझै ताजा रहेको उनी बताउँछन् । कतैबाट पैसा पाएमा १ किलो भन्दा धेरै चामल किन्ने हैसियत नभएको उनी बताउँछन् ।

प्रवासमा संघर्षपूर्ण जीवन भोनेका दाहालले २०३७ सालदेखि २०४९ सालसम्म शरीर नापेर नयाँ लुगा सिलाएर वा किनेर नलगाएको तितो अनुभव समेत सुनाउँछन् । सहयोगीबाट प्राप्त हुने १०–२० रुपैयाँले तेल, आलु, चामल ल्याउनुपर्ने बाध्यताबिच संगठन विस्तार गरिरहेका दाहालले कमै समय मात्र २ छाक खाना अघाउने गरी खान पाएको बताउँछन् । आर्थिक अभावले थिलिएपछि कतिदिन त उनले तातोपानी र आलुको भरमा दिनहरु बिताएको अनुभव सुनाउँछन् ।

प्रवासमा संगठन विस्तार गर्दा कम्युनिष्ट भनेपछि त्यहाँका मान्छेलाई यिनले सबै जानेका हुन्छन् भन्ने भ्रम पर्ने उनको अनुभव छ । संगठन बिस्तारको क्रममा कसैको घरमा न्वारान गर्नुपरे वा कोही विरामी भए औषधीको नाम समेत संगठनका नेताले नै भन्नुपर्ने हुन्थ्यो ।

कतिपय समयमा विज्ञानका जटिल प्रश्नहरुको उत्तर दिन नसक्दा यति पनि नजान्नेले किन कम्युनिष्ट भएको भन्ने प्रतिप्रश्न समेत सामना गर्नुपथ्र्यो । अप्ठ्यारो परिस्थितिको रमाईलो अनुभव सुनाउँदै दाहाल भन्छन्, ‘कसैले मेरो छोराछोरीको न्वारान गर्दे भन्दा जानी नजानी गरिदिएको पनि छु । त्यति नगरे त उ पार्टी संगठनमा आउँदैथ्यो । त्योबेला प्रवासी नेपालीलाई चित्त बुझाएरै काम गरिन्थ्यो ।’

जनयुद्ध सफल गराउन आर्थिक र भौतिक सहयोग

कम्युनिष्ट पार्टीको संगठन र अखिल भारत नेपाली एकता समाजको कमिटीहरु भारतका २६ वटा राज्यमा क्रियाशील थिए । त्यो बेला भारतमा काँग्रेस आई र भाजपा पछिको ठूलो पार्टी आफ्नै भएको दाहालले निकै गर्वका साथ सुनाए ।

भारतमा रहँदा दाहालले संगठन विस्तार र परिचालनको साथै जनयुद्ध सुरुहुनु पूर्व भारतमा क्रियाशील भूमिगत कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गराउने, नेपालमा रहेको पार्टी कार्यकर्तालाई भारतमा झिकाई भौतिक र प्राविधिक तालिम दिलाउने, उनीहरुको सुरक्षा गर्ने र आर्थिक संकलन गर्नुपर्ने उनी बताउँछन् ।

जनयुद्धमा आवश्यक हातहतियार र पार्टी कार्यकर्तालाई प्राविधिक हिसाबले सुरक्षित बनाउने भूमिका समेत उनले  निर्वाह गरे  । २०५२ सालबाट सुरु भएको जनयुद्ध २०५५ सालमा पुगेपछि पार्टीले निकै ठूलो संकटको सामना गर्नुर्पयो ।

आफू प्रवासको नेतृत्वमा रहँदा नेपाली जनयुद्धलाई टिकाउन थप हतियार, तालिम, आर्थिक सहयोग र जनयुद्धका घाईतेको उपचारको साथै पार्टी मुखपत्र प्रकाशन गर्ने काम समेत प्रवास कमिटीको सहयोगमा गरेको थियो । यद्धपी नेपालमै खटिई पार्टी काम गर्न पाएको भए अझ देखिने गरी जनयुद्धको मोर्चामा खट्थे भन्ने कुराले दाहाललाई अझै बिझाउँदो रहेछ ।

पदभन्दा जिम्मेवारी बहनमा चिन्ता

पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारीबाट आफू सन्तुष्ट हुने बताउँछन् । पद मात्र ठूलो कुरा होइन । पदीय जिम्मेवारी अनुसार आफ्नो दायित्व हामी सबैले पुरा गर्नुपर्छ । पार्टी एकतापछि अहिले ३ नम्बर प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीमा रहँदा दाहालले गरेका कामबाट कसैले गुनासो गर्ने अवस्था आएको छैन । आफु निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्ने, निष्ठाको राजनीतिमा विश्वास गर्ने, पार्टी कमाण्डको निर्देशन पालना गर्ने र आफ्नो जीवनमा अहिले सम्म बेइमानी भने कहिल्यै नगरेको उनी बताउँछन् ।

गुम्दै गएको कम्युनिष्ट चरित्रप्रति चिन्तित

दाहालले आफ्नै जीवनमा भोग्नु र अनुभूति गर्नु भएका त्याग, बलिदान, किर्तिमान सम्झदाँ आज दन्त्य कथा जस्तो लाग्नसक्छ । दाहाल भन्छन्, ‘प्रवासमा रहँदा २०३७ देखि २०४९ सम्म चौकीदारका फाटेका पुराना कपडा लगाएर पार्टी काममा सक्रियतापूर्वक लागियो । भोक लागेको बेलामा खान नपाईने र निन्द्रा लाग्दा सुत्नसम्म नपाईने अवस्था थियो ।’

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल त्यसैले  कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पुष्पलाल, अध्यक्ष प्रचण्ड र मदन भण्डारीकै आदर्शमा अहिलेको पार्टीलाई फर्काउनुपर्ने दाहाल कम्युनिष्ट आदर्शको निम्ति लडिरहने, लागिरहने कुरा निरन्तर जारी रहने भएकोले त्यसमा निराश भने भएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क. केपी र क. प्रचण्डको नेतृत्वमा नयाँ विचारको विकास सहित वैज्ञानिक समाजवादमा पुग्ने कुरामा दाहाल पूर्ण विश्वस्त छन् ।

नेकपामा कम्युनिष्ट आदर्श हराउँदै गएको बताउने दाहाल कम्युनिष्टको आदर्शबारे केन्द्रीय नेताहरुले नै सोच्नुपर्ने बताउँछन् । पार्टीभित्र बढ्दै गएको विभेद, विलासी जीवनशैली र पद लोलपुताको अन्त्य नभएमा कम्युनिष्ट आन्दोलनको भविष्य बारे भन्नै नसकिने पनि उनी बताउँछन् । निष्ठाको राजनीति गर्नेहरुको निम्ति नेतृत्वले योजना बनाई बिग्रन लागेको पार्टी जीवन सहि बाटोमा ल्याउन प्रेरित गर्नैपर्ने बताउने दाहाल त्यसो गर्न सकेमा मात्र कम्युनिष्ट आन्दोलन सफल हुनेमा विश्वास गर्छन् ।

पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने दाहाल पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।

नारायण दाहालको प्रश्नः म युद्धमा हिँडेका बेला दाइ हिँड्या छ तँ हिड्नु हुँदैन भनेर किन भन्न आएनन् ?

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानमाथि प्रहार भए सदनभित्र र बाहिरबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर जनताको हकअधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्न...

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending