Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् ।

नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ ।

यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।

कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताए । उनले भने, “सरकारको सहयोगीका रुपमा सङ्घले किशोरकिशोरी तथा युवा, एचआइभी-एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोरकिशोरीलाई उमेरअनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोरकिशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो औंल्याए । उनले भने, “जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव छ । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ । समानता र समावेशीता व्यवहारतः कार्यान्वनमा आएको छैन ।” सङ्घका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गरे।

सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सवलीकरण, सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताए।

कार्यक्रमको दोस्रो सत्रमा कार्यक्रक सङ्घको निर्देशक डा वीना श्रेष्ठ, जेण्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र सङ्घका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीरः मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैङ्गिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा सङ्घका विभिन्न समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित युवाले आफ्नो अनुभव र सिकाइ र सङ्घमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending