Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् ।

नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ ।

यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।

कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताए । उनले भने, “सरकारको सहयोगीका रुपमा सङ्घले किशोरकिशोरी तथा युवा, एचआइभी-एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोरकिशोरीलाई उमेरअनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोरकिशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो औंल्याए । उनले भने, “जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव छ । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ । समानता र समावेशीता व्यवहारतः कार्यान्वनमा आएको छैन ।” सङ्घका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गरे।

सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सवलीकरण, सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताए।

कार्यक्रमको दोस्रो सत्रमा कार्यक्रक सङ्घको निर्देशक डा वीना श्रेष्ठ, जेण्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र सङ्घका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीरः मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैङ्गिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा सङ्घका विभिन्न समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित युवाले आफ्नो अनुभव र सिकाइ र सङ्घमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending