Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

एकै परिवारका तीन सदस्यको चार पुस्तक विमोचन

खबरडबली संवाददाता

काठमाडौं । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथा सङ्ग्रहको संयुक्त विमोचन भएको छ ।

एक १२ वर्षिय बालक जो नेपाललाई अरु देशले उदाहरणका रूपमा लिनेसक्ने बनाउनका निम्ति कसरी के गरेर अगाडि बढ्नु पर्दछ भन्ने सपना बोकेर पुस्तक लेख्छन् ।

नेपालका विशिष्ट व्यक्तिहरुले नेपाललाई स्वीजरल्याड, जापान, सिङ्गापुर जस्तो बनाउँछौँ भन्दै दिनुभएको मन्तव्यहरुबाट कलिलो मानसिकतामा आफ्नै पहिचानसँग जोडेर विश्वको नमूना देश बनाउने चाहना बोकेर नेपाललाई नेपाल नै बनाउने चाहना आफ्ना कृतिहरु मार्फत प्रस्तुत गरेका छन् ।

ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययनरत १२ वर्षीय बालकले राष्ट्र र राष्ट्रियताप्रतिको भाव प्रकट गरेका छन् ।  अर्को पुस्तक कोभिड महामारीका बेलामा उनले रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरुका सङ्ग्रह मेरा बाल सिर्जनाहरु मार्फत प्रस्तुत गरेका छन् ।

यसैगरी विगत १८ वर्ष अगाडि नेपालमा चलेको संशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय र बालबालिका तथा किशोरकिशोरीका विभिन्न पीडादायक यथार्थ घटनासँग सम्बन्धित रहेर डा.देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरु सङ्ग्रहीत गरी ‘निलीमा र क्यामेरा’ कथासङ्ग्रह प्रकाशन गरिएको छ भने नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमीमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ नामक पुस्तक सहित चारवटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख आतिथि पूर्व परराष्ट्र मन्त्रि तथा वरिष्ठ साहित्यकार प्रदिप ज्ञवालीले बालकले लेखेका किताब नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेरे लेखेको पुस्तकले नेतृत्व गर्दै गर्नुभएका व्यक्तित्वहरुलाई समेत मार्ग दर्शनगरेको र हामीले हामी भित्र नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्नु कुरालाई बालकको पुस्तकले प्रेरित गरेको कुरा बताएका थिए ।

कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका सबै कथाहरु किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभावहरु गहन रुपमा प्रस्तुत रहेको कुरा बताए । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै मजबुद र खारिदै जाउन भनेर शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष तथा साहित्यकार कमला परजुलीले एक घरका तीन सदस्यका चारवटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधाहरु मार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाहगर्नसक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्दै लेखकहरुलाई शुभकामना व्यक्त गरे ।

समारोहमा बाल अधिकार अभियान्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बाल अधिकार आन्दोलन भित्र पनि बाल सहभागिताको विषय उठान गरेर नेपालमा बालक्लबले कानूनी मान्यता प्राप्त गर्नका निम्ति जिल्लादेखि सर्वोच्चसम्मको ढोका घचघचाएर नेपालमा बालक्लबलले कानूनी मान्यता प्राप्त गर्न सफल भएको कुरा लेखकले आफ्ना पुस्तक मार्फत प्रस्तुत गरेको कुरा उल्लेख गरेका थिए ।

समग्र नेपाली बालबालिकाको तर्फबाट बालबालिका तथा किशोरी प्रतिनिधि, ग्लोबल गल्स लिडर एडभाइजरी गु्रपकी सदस्य सबनम सुनारले तीनै जनाको पुस्तकका विषयमा उल्लेख गर्दै बाल बालिकाका निम्ति यी पुस्तकहरु उपयोगी र हामी बालबालिकाका लागि पनि प्रेरणाको स्रोतको रुपमा रहेको कुरा बताए ।

लेखकहरूका बुवा होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखक तिलोत्तम पौडेलले गर्नुभएको थियो भने स्वागत डा. देवकी आचार्यले गरेकी थिइन् । कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरु कोभिड महामारीका बेलामा लकडाउन चलिरहेको समयमा साहित्य रचना गरी पुस्तकाकार रूप प्रदान गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताएकी छन् । कार्यक्रममा बाल अधिकार, मानव अधिकारलगायत साहित्यका क्षेत्रका अग्रजहरु सहित करिब २ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।    
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending