Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कांग्रेस नेता अमरेश सिंहलाई पार्टी तथा सभासदबाट निलम्बन गर्ने तयारी

\"Amareshकाठमाडौं । राष्ट्रिय अखण्डतामा आँच आउने गरि अभिब्यक्त दिँदै सर्वसाधारणलाई भड्काएको आरोपमा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई पार्टी तथा संविधानसभा सदस्यबाट समेत निलम्बन गर्ने तयारी कांग्रेसले गरेको छ । तराईमा पार्टी नीति विपरित सामाजिक सद्भाव भड्काउन उत्तेजक भाषण गरेको भन्दै यस अघि कांग्रेस संसदिय दलको कार्यालयले उनलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन पत्र काटेको थियो । सिंहको अभिव्यक्तिलाई लिएर चौतर्फी दबाब बढ्न थालेपछि प्रधानमन्त्री तथा पार्टी सभापति रहेका सुशील कोइरालाको ठाडो निर्देशनमा कांग्रेस अनुशासन विभागले २४ घण्टा भित्र स्पष्टीकरण बुझाउने गरी बुधबार पत्र काटेको पनि सिंहले सो पत्र बुझ्न छाडेर अहिले सर्लाही पुगेका छन् । कांग्रेस संस्थापन पक्षका नेताका अनुसार कोइराला सिंहलाई पार्टीबाट कारवाही गरेर उनको सभासद पद पनि खारेज गराउने पक्षमा उभिएका छन् । सर्लाहीमा शुक्रबार हुने संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको सभालाई संबोधन गर्न सिंह त्यस तर्फ लागेको उनी निकट स्रोतले खबरडबलीलाई जानकारी दियो । ‘उनी अब कांग्रेसका नभएर मधेसका नेता हुने भएका छन् त्यसैले कांग्रेसले कारवाही गर्छ भने त्यसको मधेसमा स्वागत हुनेछ ।’– सिंह निकट स्रोतले खबरडबलीसँग भन्यो । मिडियाले अनावश्यक चर्चामा ल्याएर अाफुलार्इ विवादित बनाएकाे भन्दै कसैसँग सम्पर्कमा अाउन नचाहेकाे सिंहलार्इ उदृत गर्दै स्राेतले भन्याे । सर्लाही पुगेका सिंहकाे माेबाइल अफ छ । अमरेश सिंहको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएपछि संसदको राज्य व्यवस्था समितिमा समेत उनको छानविन गर्नका लागि संजय गौतमको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन भएको छ । राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तिले दिएको जानकारी अनुसार गौतम संयोजकत्वको छानविन कमिटीले सिंहको बारेमा छानविन गरी रहेको छ । संविधान घोषणा गर्ने समय नजिकिँदै जाँदा अमरेश सिंह सहित मधेसवादी दलका नेताहरु सुरक्षा चुनौति हुन सक्ने आँकलन गरेर गृह प्रशासनले उनीहरुको निगरानीमा बढाएको छ । केही दिन यता सिंहको सुरक्षामा प्रहरी खटाइएको गृहका अधिकारीले जनाएका छन् । कांग्रेस नेता सिंहको भारतीय गुप्तचर संस्था ‘रअ’ सँग आवद्धताबारे बारम्बार चर्चा हुने गरेको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending