काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । बिहीबार मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो । अधिकारी दोस्रो पटक यो जिम्मेवारी पाउने भाग्यमानी नागरिक हुन् । यसअघि पनि अधिकारी मन्त्री स्तरीय निर्णयबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवर्द्धक नियुक्त भएका थिए ।
सरकारले पर्यटनको क्षेत्रमा वृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवद्र्धकको जिम्मेवारी सुम्पिँदै आएको छ । दोहोरिएर यो जिम्मेवारी पाउने अधिकारीले १५ वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा अनवरत योगदान दिइरहेका छन् ।
यूएन तथा नेटजिओ जस्ता अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारीले वृत्तचित्र निर्माण तथा फोटो भिडियामार्फत पनि नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्दै आएका छन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ। अधिकारीले सगरमाथाको २८औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर ‘एभरेस्टमेन’ शीर्षकको डकुमेन्ट्री निर्देशन गरेका अधिकारीले हालसालै नेपालबाट स्ट्यान्ड कमेडियनको टोली लिएर मनोरञ्जनात्मक कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यको बारेमा पनि प्रचार गरेका थिए ।
अधिकारीले नेपाल सरकारको यो निर्णयले आफूलाई जिम्मेवारीका साथ काम गर्न उर्जा प्रदान गरेको बताए । ‘सरकारले अमेरिकाका लागि दोहोर्याएर यो जिम्मेवारी प्रदान गर्ने कुरालाई मैले उपलब्धिको रुपमा लिएको छु,’अधिकारीले भने, ‘ विदेशमा बस्ने नेपालीहरु त्यसै पनि देशका पर्यटक दूत हुन् । तर औपचारिक जिम्मेवारी पाउँदा यसले त्यही काम गर्न सजिलो बनाउँछ । सरकारले दिएको यो जिम्मेवारी अपेक्षाअनुसार निर्वाह गर्न म कटिवद्ध छु ।’
अधिकारीले कार्यविधि र सरकारको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: