काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । बिहीबार मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो । अधिकारी दोस्रो पटक यो जिम्मेवारी पाउने भाग्यमानी नागरिक हुन् । यसअघि पनि अधिकारी मन्त्री स्तरीय निर्णयबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवर्द्धक नियुक्त भएका थिए ।
सरकारले पर्यटनको क्षेत्रमा वृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवद्र्धकको जिम्मेवारी सुम्पिँदै आएको छ । दोहोरिएर यो जिम्मेवारी पाउने अधिकारीले १५ वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा अनवरत योगदान दिइरहेका छन् ।
यूएन तथा नेटजिओ जस्ता अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारीले वृत्तचित्र निर्माण तथा फोटो भिडियामार्फत पनि नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्दै आएका छन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ। अधिकारीले सगरमाथाको २८औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर ‘एभरेस्टमेन’ शीर्षकको डकुमेन्ट्री निर्देशन गरेका अधिकारीले हालसालै नेपालबाट स्ट्यान्ड कमेडियनको टोली लिएर मनोरञ्जनात्मक कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यको बारेमा पनि प्रचार गरेका थिए ।
अधिकारीले नेपाल सरकारको यो निर्णयले आफूलाई जिम्मेवारीका साथ काम गर्न उर्जा प्रदान गरेको बताए । ‘सरकारले अमेरिकाका लागि दोहोर्याएर यो जिम्मेवारी प्रदान गर्ने कुरालाई मैले उपलब्धिको रुपमा लिएको छु,’अधिकारीले भने, ‘ विदेशमा बस्ने नेपालीहरु त्यसै पनि देशका पर्यटक दूत हुन् । तर औपचारिक जिम्मेवारी पाउँदा यसले त्यही काम गर्न सजिलो बनाउँछ । सरकारले दिएको यो जिम्मेवारी अपेक्षाअनुसार निर्वाह गर्न म कटिवद्ध छु ।’
अधिकारीले कार्यविधि र सरकारको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १७:२४
भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...
चैत्र ८ गते, २०८२ - १७:०१
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...
चैत्र ८ गते, २०८२ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:२९
ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...
चैत्र ८ गते, २०८२ - १६:१५
काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...
चैत्र ८ गते, २०८२ - १५:५८
काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...
चैत्र ८ गते, २०८२ - १५:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...


प्रतिकृया लेख्नुहोस्: