कैलाली । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन ।
जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो ।लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको छैन । अझै लम्की–खक्रौला सडकखण्डको २१ दशमलव सात किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।
लम्की–खक्रौला सडकको अहिलेसम्मको प्रगति हेर्दा वित्तीयरूपमा ५४ प्रतिशत र भौतिकरूपमा ६० प्रतिशतमात्र पुगेको हुलाकी राजमार्ग निर्देशनालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायत बताए । “पहिलो प्याकेजमात्र सम्पन्न भएको छ । दोस्रो र तेस्रो प्याकेज निर्माण जारी छ”, उनले भने, “काममा ढिलाइ भएको हो ।”
त्यस्तै सत्ती–धनगढी खण्डको पहिलो खण्ड धनगढी क्याम्पसचोकबाट सात किलोमिटर र त्यसपछि दोस्रो खण्डको पाँच किलोमिटर सडकमात्र अहिलेसम्म कालोपत्र भएर सकिएको छ । अन्य दुई खण्ड कालोपत्रको काम सुरु भएको छैन । सत्ती–धनगढी खण्डको ३१ दशमलव ५० किलोमिटर कालोपत्र गर्न बाँकी छ । यो प्रगति वित्तीय तथा भौतिकरूपमा करिब ६८ प्रतिशत पुगेको सूचना अधिकारी कठायतको भनाइ छ ।
“यहाँ चारवटा प्याकेज हो, पहिलो प्याकेजको सात किलोमिटर कालोपत्र भइसक्यो”, उनले भने, “दोस्रो प्याकेज साढे पाँच किलोमिटर जति निर्माण भएको छ, अन्य निर्माण हुँदैछ ।”
लम्की–खक्रौला सडक तीन खण्ड र सत्ती–धनगढी सडक चार खण्डमा छुट्टाछुट्टै ठेक्का लागेको थियो । सत्ती–धनगढी खण्डको काम स्वच्छन्द जोशी जेभीले गरिरहेको छ । स्वच्छन्दका सञ्चालक गणेश जोशीका अनुसार सत्ती–धनगढी सडकखण्डको पहिलो खण्डको काम सकिएको हो । दोस्रो खण्डको पनि कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक वर्षभित्र वसन्तापूर्वको खण्ड सक्ने लक्ष्य छ । अन्य भजनीपूर्वको सडकको सतह तयार गर्ने काम भइरहेको छ । “अहिलेसम्म दुई प्याकेज सकियो, २० किलोमिटर तयारी छ । अब कालोपत्र गर्ने हो”, उनले भने, “तेस्रो खण्ड असार मसान्तसम्म सक्ने योजना छ ।”
लम्की–खक्रौला सडकको तीन् खण्डमा भइरहेको काममध्ये पहिलो खण्ड सकिएको छ भने अन्य दुई खण्डको काम चालु अवस्थामा नै छ । तेस्रो खण्ड निर्माण कम्पनी रायमाझी गल्वा जगदम्वा जेभीकाअनुसार सडक निर्माण तीव्रगतिमा भइरहेको छ । आउँदो चैत १५ गतेदेखि कालोपत्र गर्न सुरु गर्ने र यो आर्थिक वर्षमा नौ किलोमिटर सडक कालोपत्र योजना रहेको छ ।
बाँकी साढे एक किलोमिटर सडक बाँकी रहने निर्माण कम्पनीका चन्द्र लम्सालले जानकारी दिए । “अब बेस लेन सुरु हुन्छ चैतबाट कालोपत्र सुरु गर्ने तयारी छ”, उनले भने। “यस वर्ष अस्नेहरीबाट बालुवाटारसम्म १५ किलोमिटर सक्ने योजना छ ।”
लम्की–खक्रौला खण्ड २९ दशमलव सात किलोमिटर र सत्ती–धनगढी खण्ड ४४ किलोमिटरको स्तरोन्नतिका लागि हुलाकी राजमार्ग निर्देशनालयले विसं २०७७ मा ३० महिनाको अवधिमा काम सक्नेगरी दुवै सडकको ठेक्का लगाएको थियो । यी सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकलाई धनगढी, टीकापुरलगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: