काठमाडौं । एकीकृत आपत्कालीन प्रतिकार्य प्रणालीसम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ । गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमा विभिन्न निकायद्वारा सञ्चालित आपत्कालीन नम्बर तथा प्रणालीको वर्तमान अवस्था, अन्तरराष्ट्रिय अभ्यास, एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता, समस्या र चुनौती, प्रस्तावित ढाँचाका अतिरिक्त प्रणाली विकास गर्न आवश्यक नीतिगत, संरचनागत र प्रविधिगत सुझाव समावेश गरेको कार्यदल संयोजक पाण्डेले जानकारी दिए ।
आपत्कालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चार साधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी प्रणाली विकासका लागि कार्ययोजना तयार गर्न उपप्रधानमन्त्री श्रेष्ठले ११ सदस्यीय उक्त कार्यदल गठन गरेका थिए ।
कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि र सूचनाविज्ञ हुनुहुन्छ । तत्कालका लागि प्रहरी सेवा, एम्बुलेन्स र दमकल सेवाको एकीकृत प्रणालीको विकास गर्न प्रतिवेदनमा विस्तृत कार्ययोजना पनि प्रस्ताव गरिएको छ ।
आपत्कालीन प्रयोजनका लागि विभिन्न देशमा एकल नम्बरको अभ्यास भइसकेको छ । भारतमा एक सय १२, चीनमा एक सय १०, अमेरिका र पाकिस्तानमा नौ सय ११ नम्बर प्रयोगमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...



प्रतिकृया लेख्नुहोस्: