सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने निम्डोल क्षेत्रमा बुधबारदेखि डढेलो लागेको छ । डढेलोका कारण त्यहाँ रहेका आधा दर्जन बढी चौंरी गोठका मानिस तथा चौपायाहरु संकटमा परेका छन् ।
वरीपरी भिरैभिर रहेको त्यस क्षेत्रमा सबैतिर डढेलो फैलिएपछि त्यहाँका लागि खानेपानी व्यवस्था गरिएका पाइपहरु जलेर पानी आपुर्ति बन्द हुँदा निम्डोल खर्कमा गोठ राखेर बसेकाहरु बिगत २४ घण्टादेखि खानेपानीबिहिन भएका छन् ।
नजिकको तेम्बाथान गाउँसम्म पुग्न यहाँबाट करिब तीन घण्टाको पैदलयात्रा गर्नुपर्छ । डढेलो ब्यापक रुपमा फैंलदो अवस्थामा रहेका गाउँ र खर्क आवागमन गर्ने अवस्था नरहेकोले नेपाली सेनाको अग्नी नियन्त्रक टोलीको खाँचो हुने अवस्था आएको तेम्बाथानका लाक्पा शेर्पाले बताए ।
खर्कको चारैतिर आगोले घेरेपछि यहाँका महिला तथा बालबालिकाहरु सबैभन्दा बढी संकटमा परेको चौरी गोठ धनि पेम्बि शेर्पाले जानकारी दिए । टेलिफोन सेवा पनि नियमित रुपमा सुचारु नहुने यस क्षेत्रमा केहिबेर अघिदेखि यो सेवा पनि अवरुद्ध हुँदा त्यहाँको जानकारी लिन कठिनाइ भइरहेको छ ।
नेपाल प्रहरी तथा नेपाली सेनाका बिपत सम्बन्धी टोलीसँग समन्वय गरी अवस्थालाइ सामान्य गराउन सबै प्रकारका प्रयासहरु अघि बढाइने प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले जानकरी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८१ - १३:३२
मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...
माघ ६ गते, २०८१ - १३:२८
भीम रावलको पछि लाग्ने पूर्वमन्त्रीसहित २ जना कारबाहीमा
माघ ६ गते, २०८१ - १२:०१
म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउ...
माघ ६ गते, २०८१ - ११:५८
पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी ...
माघ ६ गते, २०८१ - ११:३७
बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेक...
माघ ६ गते, २०८१ - ११:३५
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उ...
माघ ६ गते, २०८१ - ११:२७
काठमाडौं । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगिता...
माघ ६ गते, २०८१ - ११:२०
काठमाडौं । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी केहीबेरर अघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको...
माघ ६ गते, २०८१ - ११:१३
'अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुन्छ'
माघ ६ गते, २०८१ - ११:०९
काठमाडौं । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प...
प्रतिकृया लेख्नुहोस्: