Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । 
पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  पछेउरी शाटनको बाट नलिना परियार, सर्वोत्कृष्ट पुरुष मोडल  अभिनयमा बरै बाट विराज विष्ट, सर्वोत्कृष्ट महिला मोडल अभिनयमा तिम्रो घरमा मेरी छोरीबाट टिका जैशी, सर्वोत्कृष्ट पुरुष मोडल नृत्यमा उपहार रातो सल बाट रविन सिंह ठकुरी, सर्वोत्कृष्ट महिला मोडल नृत्यमा आरुषि मगरले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा आधुनिक पप÷पप विधा तर्फ सर्वोत्कृष्ट शब्द रचनामा मायाको डोरीबाट विपिन किरण, सर्वोत्कृष्ट संगीतमा पिडाबाट सरोज कोईराला, सर्वोत्कृष्ट गायकमा नखराबाट डेविट शंकर, सर्वोत्कृष्ट गायिकामा साँन्बाबु बाट प्रतिमा के.सी, सर्वोत्कृष्ट मोडल पुरुषमा यो मायामा खोटबाट विक्रम बुढाथोकी, सर्वोत्कृष्ट मोडल महिला आँधी रातबाट निरुता शाही, सर्वोत्कृष्ट भिडियो निर्देशकमा आँधी रातबाट श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार भिरमाहुरीबाट दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सोल्टी बजार बाट अमृत चापागाई, सर्वोत्कृष्ट एरेन्जरमा भन साईलाबाट विश्वास नेपालले प्राप्त गरेका छन् ।

त्यस्तै रिवार्ड कार्यक्रममा पब्लीक च्वाईस अवार्ड एक दिन उज्यालो छाउलाबाट गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल अभिनय नुनको भारीबाट सरस्वती खत्री, जुरी अवार्ड मोडल नृत्यमा फुलफुल्यो अमलाबाट सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा एक दिन उज्यालो छाउलाबाट काजीश श्रेष्ठले प्राप्त गरेका छन् ।

रिवार्ड कार्यक्रममा यस पटक बरिष्ठ संगीतकार मेलोडी किङ शम्भुजीत बाँसकोटालाई प्रदान गरिएको थियो । सम्मान प्राप्त गरेपछि आफुलाई मुल्याँकन गरेकोमा बाँस्कोटाले खुशी ब्यक्त गरे ।

रिवार्ड कार्यक्रममा विभिन्न सम्मानहरु पनि प्रदान गरिएको थियो । र्याप गायक भरत समारीलाई साधना संगीतकर्मी सम्मान, कलाकार मोडल विजेन्द्र नौवागेलाई साधना कला सम्मान, लोक सञ्चारकर्मि चन्द्रमणी गौतमलाई साधना लोक सञ्चाकर्मी पत्रकारिता सम्मान,  बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी किशोरलाई साधना विशिष्ट साहित्य सम्मान, सञ्चाकर्मी गोमा परियारलाई साधना सञ्चारकर्मी सम्मान, सञ्चारकर्मी कमला जोशीलाई साधना रंगपत्रकारिता सम्मान, फेशन डिजाईनर कोपिला सुनारलाई साधना फेशन डिजाईनर सम्मान, गायक तथा संगीतकार नवराज ढुङ्गानालाई संगतिकर्मी सम्मान, सर्जन सर्जक डा. प्रकाश पौडेललाई साधना गीतकार सम्मान, कलाकार मोडल प्रमिता राजघतानीलाई साधना कला सम्मान, मेकअप आर्टिष्ट प्रशिक्षक संगीता रानालाई साधना सौन्दर्यकर्मी सम्मान तथा कलाकार मोडल साया भण्डारीलाई साधना कला सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा जुरीका रुपमा गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर एवं मोडल सञ्जु न्यौपानेलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सोविता सुर्खेती, पुष्पा परियार, सपना शाही, उमेश लम्साल आदीलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीले शुभकामना दिदै रिवार्ड कार्यक्रमले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए । चलचित्र विकासबोर्डबाट संगीत एवं अवार्ड कार्यक्रमलाई पनि प्रोत्साहन गर्न छलफल भईरहेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि एवं आवाजको दुनियाँको साथी दिनेश डि.सीले शुभकामना दिदै यस्ता रिवार्ड कार्यक्रमले संगीतकर्मको समेत विकाश हुने चर्चा गरे । बरिष्ठ सञ्चारकर्मी एवं रिवार्डका सल्लाहकार शान्तिप्रियले स्वागत मन्तव्य राख्दै पछिल्लो समयमा अवार्डहरु हल्का भएको र अव अवार्डलाई मर्यादित बनाउनु पर्ने एवं रिवार्ड त्यसैको सन्देश भएको बताए ।

कार्यक्रममा अतिथिका रुपमा गायक सिताराम पोख्रेल, निर्देशक माधव राज खरेल, अभिनेता गजित विष्ट, बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, गीतकार रामचन्द्र ढकाल,  सञ्चारकर्मी सुमन बैरागी, सञ्चारकर्मी डब्बु क्षेत्री, गायिका सीता के.सी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी आदी रहेका थिए भने कार्यक्रमको संचालन दीपज्योति थापाले गरेकी थिइन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending