Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । 
पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  पछेउरी शाटनको बाट नलिना परियार, सर्वोत्कृष्ट पुरुष मोडल  अभिनयमा बरै बाट विराज विष्ट, सर्वोत्कृष्ट महिला मोडल अभिनयमा तिम्रो घरमा मेरी छोरीबाट टिका जैशी, सर्वोत्कृष्ट पुरुष मोडल नृत्यमा उपहार रातो सल बाट रविन सिंह ठकुरी, सर्वोत्कृष्ट महिला मोडल नृत्यमा आरुषि मगरले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा आधुनिक पप÷पप विधा तर्फ सर्वोत्कृष्ट शब्द रचनामा मायाको डोरीबाट विपिन किरण, सर्वोत्कृष्ट संगीतमा पिडाबाट सरोज कोईराला, सर्वोत्कृष्ट गायकमा नखराबाट डेविट शंकर, सर्वोत्कृष्ट गायिकामा साँन्बाबु बाट प्रतिमा के.सी, सर्वोत्कृष्ट मोडल पुरुषमा यो मायामा खोटबाट विक्रम बुढाथोकी, सर्वोत्कृष्ट मोडल महिला आँधी रातबाट निरुता शाही, सर्वोत्कृष्ट भिडियो निर्देशकमा आँधी रातबाट श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार भिरमाहुरीबाट दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सोल्टी बजार बाट अमृत चापागाई, सर्वोत्कृष्ट एरेन्जरमा भन साईलाबाट विश्वास नेपालले प्राप्त गरेका छन् ।

त्यस्तै रिवार्ड कार्यक्रममा पब्लीक च्वाईस अवार्ड एक दिन उज्यालो छाउलाबाट गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल अभिनय नुनको भारीबाट सरस्वती खत्री, जुरी अवार्ड मोडल नृत्यमा फुलफुल्यो अमलाबाट सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा एक दिन उज्यालो छाउलाबाट काजीश श्रेष्ठले प्राप्त गरेका छन् ।

रिवार्ड कार्यक्रममा यस पटक बरिष्ठ संगीतकार मेलोडी किङ शम्भुजीत बाँसकोटालाई प्रदान गरिएको थियो । सम्मान प्राप्त गरेपछि आफुलाई मुल्याँकन गरेकोमा बाँस्कोटाले खुशी ब्यक्त गरे ।

रिवार्ड कार्यक्रममा विभिन्न सम्मानहरु पनि प्रदान गरिएको थियो । र्याप गायक भरत समारीलाई साधना संगीतकर्मी सम्मान, कलाकार मोडल विजेन्द्र नौवागेलाई साधना कला सम्मान, लोक सञ्चारकर्मि चन्द्रमणी गौतमलाई साधना लोक सञ्चाकर्मी पत्रकारिता सम्मान,  बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी किशोरलाई साधना विशिष्ट साहित्य सम्मान, सञ्चाकर्मी गोमा परियारलाई साधना सञ्चारकर्मी सम्मान, सञ्चारकर्मी कमला जोशीलाई साधना रंगपत्रकारिता सम्मान, फेशन डिजाईनर कोपिला सुनारलाई साधना फेशन डिजाईनर सम्मान, गायक तथा संगीतकार नवराज ढुङ्गानालाई संगतिकर्मी सम्मान, सर्जन सर्जक डा. प्रकाश पौडेललाई साधना गीतकार सम्मान, कलाकार मोडल प्रमिता राजघतानीलाई साधना कला सम्मान, मेकअप आर्टिष्ट प्रशिक्षक संगीता रानालाई साधना सौन्दर्यकर्मी सम्मान तथा कलाकार मोडल साया भण्डारीलाई साधना कला सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा जुरीका रुपमा गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर एवं मोडल सञ्जु न्यौपानेलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सोविता सुर्खेती, पुष्पा परियार, सपना शाही, उमेश लम्साल आदीलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीले शुभकामना दिदै रिवार्ड कार्यक्रमले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए । चलचित्र विकासबोर्डबाट संगीत एवं अवार्ड कार्यक्रमलाई पनि प्रोत्साहन गर्न छलफल भईरहेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि एवं आवाजको दुनियाँको साथी दिनेश डि.सीले शुभकामना दिदै यस्ता रिवार्ड कार्यक्रमले संगीतकर्मको समेत विकाश हुने चर्चा गरे । बरिष्ठ सञ्चारकर्मी एवं रिवार्डका सल्लाहकार शान्तिप्रियले स्वागत मन्तव्य राख्दै पछिल्लो समयमा अवार्डहरु हल्का भएको र अव अवार्डलाई मर्यादित बनाउनु पर्ने एवं रिवार्ड त्यसैको सन्देश भएको बताए ।

कार्यक्रममा अतिथिका रुपमा गायक सिताराम पोख्रेल, निर्देशक माधव राज खरेल, अभिनेता गजित विष्ट, बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, गीतकार रामचन्द्र ढकाल,  सञ्चारकर्मी सुमन बैरागी, सञ्चारकर्मी डब्बु क्षेत्री, गायिका सीता के.सी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी आदी रहेका थिए भने कार्यक्रमको संचालन दीपज्योति थापाले गरेकी थिइन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending