Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अब ई-सेभन भिसामार्फत् दक्षिण कोरिया नेपाली कामदार जान पाउने, परिवारका सदस्य पनि लैजान पाइने !

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई-सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि कोरियाली कामदारसरह ३,००० डलर (झन्डै चार लाख नेपाली रुपैयाँ) मासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए।

यस्तो भिसामा जाने कामदारहरूले निश्चित प्रक्रिया पूरा गरेपछि परिवार पनि दक्षिण कोरिया लैजान पाउने र त्यहाँ लामो समयसम्म बस्न पाउने सुविधा पाउँछन्। दक्षिण कोरियाले त्यहाँका व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि आवश्यक विशेष सीप भएका कामदारहरूलाई यस्तो भिसा दिने गरेको छ।

“अहिले २,५०० जना दक्ष कामदारका लागि नेपाली दूतावासमा आएको माग मन्त्रालयमा आइपुगेको छ। कामदारका लागि न्यूनतम सुविधा र सकेसम्म कम लागत हुने सुनिश्चितता गरेर हामीले यो प्रक्रियामार्फत् नेपाली कामदार जाने बाटो खोल्न काम गरिरहेका छौँ,” प्रवक्ता पोखरेलले बीबीसी न्यूज नेपालीसँग भने।

कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ई-सेभन भिसामा पनि दक्ष कामदारहरू लैजान सुरु गरिसकेको छ। नेपालले भने यसअघि कामदार पठाइरहेको ईपीएसजस्तै दुवै देशका सरकारबीचको सम्झौताबाट कामदार पठाउने प्रस्ताव गरेका कारण ढिलो भएको बताइएको छ।

जाने प्रक्रिया के हुन्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दक्षिण कोरियाली मापदण्डको तलब सुविधा हुने सुनिश्चित गरेर निजी स्तरबाट भए पनि पठाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढिरहेको मन्त्रालयका अधिकारीहरूले बताए।

“यस्तो भिसामा बीटूबी (निजी क्षेत्रबीचको साझेदारी) मोडलबाट मात्रै कामदार लैजान सकिने भन्ने कोरियाली पक्षको कुरा आएपछि हामीले श्रमिकलाई बढी भार नपरोस् भन्नेतर्फ पहल गरिरहेका छौँ,” पोखरेलले भने।

यस्तो भिसा लिएर जाने नेपालीहरू ईपीएसजस्तो सरकारी प्रक्रियामार्फत् नभई म्यानपावर व्यवसायीहरूका माध्यमबाट जानुपर्ने र त्यसका लागि कामदारले गर्ने खर्च दुई लाख रुपैयाँभन्दा कममै सीमित गर्न पहल भइरहेको पोखरेल बताउँछन्।

निश्चित सीप भएका कामदारहरूलाई नेपालमै आएर उनीहरूको अनुभव वा सीप परीक्षणका आधारमा लैजाने विषयमा दक्षिण कोरिया सकारात्मक देखिएको बताइएको छ।

"जस्तो कोरियाको हुन्डाई कम्पनीका लागि दक्ष कामदार चाहियो भने ती कम्पनीका प्रतिनिधि नै नेपाल आएर सीप परीक्षा लिन्छन् र उत्तीर्ण भएकाहरूलाई छनोट गर्छन्," कामदार लैजाने विधिबारे पोखरेलले भने।

ईपीएसभन्दा कसरी फरक

दक्षिण कोरियामा इलेक्ट्रोनिक,  मेकानिकल,  पेन्टिङ, केअरगिभर, होटल तथा रेस्टुराँजस्ता क्षेत्रमा विशेष सीप भएका नेपाली कामदारहरू पठाउन सकिने मन्त्रालयको पूर्वानुमान छ।

"अहिले दक्षिण कोरियाले विश्वभरिबाट पानीजहाज बनाउने कामको ठेक्का लिइरहेका कारण नेपाली कामदारहरुको माग पनि सीप बिल्डिङका लागि वेल्डिङजस्ता काममा माग आएको छ। पछि अन्य क्षेत्रमा पनि हामीले कामदार पठाउन सक्ने देखेका छौँ," पोखरेलले भने।

अहिले नेपाली कामदारहरू ईपीएस प्रणालीबाट कोरियाको साना तथा मझौला उद्योगहरूमा काम गर्न जाने गरेका छन्। यस्तो कामका लागि नेपालीहरूले ई-नाइन भिसा पाउने गरेका छन्। त्यो प्रकारको भिसा लिएर जाने नेपालीहरूले पनि निश्चित समयपछि आफ्नो भिसा परिवर्तित गरेर ई-सेभन  बनाउन सक्छन्।

ई-सेभन भिसा लिएर जाने नेपालीहरूले भने ठूला उद्योग र व्यावसायिक घरानाहरूमा काम पाउने मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाले बर्सेनि १०,००० भन्दा बढी नेपाली कामदार ई-सेभन भिसामार्फत् लैजान सकिने सङ्केत दिएको पोखरेलले बताए।

धेरैजसोलाई दिइने ई-सेभन भिसाको अवधि तीन वर्षको र केहीलाई पाँच वर्षसम्म हुन सक्छ। यस्तो भिसा लिएका कामदारहरूको करार अवधि पनि सहजै थप हुने र कामदारले चाहेसम दक्षिण कोरियामै बस्न पाउने बताइएको छ।

ई-सेभन भिसा पनि चार प्रकारका हुने कोरियाली विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

  • ई-सेभन वन: डेभलपर, सेल्स र जनसम्पर्कका क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
  • त्यस्तै ई-सेभन टू: शेफ, कुक र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
  • ई-सेभन थ्री: वेल्डिङ र पेन्टिङका क्षेत्रमा सीप भएकाहरूले पाउँछन्
  • ई-सेभन फोरः निर्माण र उत्पादनका क्षेत्रमा विशेष सीप भएका कामदारहरूलाई दिइन्छ

यस्तो भिसा लिएर जानेहरूको मासिक तलब न्यूनतम २७ लाख कोरियन वोन अर्थात् दुई लाख ६०,००० रुपैयाँ भन्दा बढी हुने कोरियाली निकायहरूको वेबसाइटमा उल्लेख छ। तर नेपालको श्रम मन्त्रालयले भने पारिश्रमिक चार लाख रुपैयाँजति हुने जनाएको छ।

परिवारका सदस्य पनि लैजान पाइने

यस्तो भिसामा जानेहरूले आफ्नो परिवारका सदस्यलाई पनि कोरिया लैजाने सुविधा पाउँछन्। कोरियाको विदेश मन्त्रालयका अनुसार ई-सेभन भिसा भएका कामदारहरूले पति वा पत्नी र छोराछोरीलाई डिपेन्डन्ट भिसामा दक्षिण कोरिया लैजान सक्छन्।

"यसमा कोरियाली कामदारसरह तलब र ओभरटाइमको सुविधाका साथै परिवार लैजान पाउने पनि सुविधा हुन्छ," मन्त्रालयका प्रवक्ता पोखरेलले भने।

यसअघि नै अन्य भिसामा गएका नेपालीहरूले पनि ई-सेभन भिसा लिएर काम गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

“निश्चित मापदण्ड पुगेका नेपाली कामदारहरूले ईपीएसबाट गएर पनि यस्तो भिसामा रूपान्तरण गर्छन्। यस्तो भिसा भएकालाई राम्रो काम, थप पारिश्रमिक अनि परिवार लैजाने सुविधा हुने रहेछ,” घिमिरेले भने।

कसले पाउन सक्छन् यस्तो भिसा

दक्षिण कोरियामा हाल लक्षिणपूर्वी एशियाका बाङ्ग्लादेश, फिलिपिन्स लगायतका देशहरूबाट ई-सेभन भिसामा कामदारहरू गइरहेको बताइएको छ। नेपालबाट ई-सेभन भिसामार्फत् कामदार लैजानका लागि गरिएको माग स्वीकृत नभए फिलिपिन्स लगायतका देशबाट त्यस्ता कामदार लैजाने कोरियाली पक्षको भनाइ रहेको पोखरेलले बताए।

"मेहनती र इमान्दार भएका कारण कोरियाली रोजगारदाताहरूले नेपाली कामदार नै मन पराएको देखिन्छ," उनले भने। सन् २०२३ का लागि दक्ष कामदारहरूका लागि दिइने ई-सेभन भिसाबाट १२,००० जना लगेको विभिन्न विवरणहरूमा उल्लेख छ।

दक्षिण कोरियाको अर्थ मन्त्रालयले ज्यानुअरी ४ मा सार्वजनिक गरेको सन् २०२४ को आर्थिक नीतिसम्बन्धी निर्देशिकामा यो वर्ष कोरियाले गत वर्षभन्दा थप एक लाख विदेशी कामदारहरू लैजाने उल्लेख छ।

भिसा फेर्न पाइने सुविधा

सन् २०२३ मा दक्षिण कोरियाले विभिन्न क्षेत्रमा एक लाख ७०,००० विदेशी कामदार लगेको थियो। यो वर्ष त्यसरी लगिने कामदारको सङ्ख्या दुई लाख ६०,००० पुर्‍याइने उक्त नीतिमा उल्लेख छ।

नेपालसहित १६ वटा देशबाट कोरियाले ईपीएस प्रणालीबाट साना तथा मझौला उद्योग र कृषि क्षेत्रमा कामदार लाने गरेको छ। उनीहरूलाई ई-नाइन भिसा दिइने गरिएको विभागका महानिर्देशक घिमिरेले बताए।

उनका अनुसार यस्तो भिसामा कोरिया गएका नेपाली कामदारहरूले पनि निश्चित समय काम गरेपछि आफ्नो भिसालाई ई-सेभनमा रूपान्तरण गर्न सक्छन्।

कोरियाली सरकारका निकायहरूमा उल्लिखित विवरणहरूका नुसार ई-नाइन भिसामा पाँच वर्ष वा त्यसभन्दा बढी समय कोरिया बसेका कामदारहरू ई-सेभन भिसाको आवेदनका लागि योग्य हुन्छन्।

त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययनका लागि पुगेका विदेशीहरूले पनि अध्ययन पूरा गरेपछि ई-सेभन भिसाको लागि आवेदन दिन सक्छन्।

कामदारको बढ्दो माग

त्यहाँको सरकारले पछिल्लो समय देखिएको दक्ष कामदार अभावको समस्या सम्बोधनका लागि यसको मापदण्ड अझै खुकुलो बनाउने तयारी गरिरहेको विवरण आएका छन्।

ब्याङ्क अफ कोरियाको एक प्रतिवेदनलाई उद्धृत गर्दै कोरिया इकोनमिक डेलीमा प्रकाशित एक समाचारअनुसार आगामी १० वर्षमा कोरियामा करिब दुई लाख ४०,००० दक्ष कामदारले उमेरका कारण अवकाश पाउँदा कामदारहरूको ठूलो माग हुने छ।

दक्षिण कोरियाको कुल जनसङ्ख्याको आधा मानिस सन् २०७० मा ६५ वर्ष वा त्यसभन्दा धेरै उमेरका हुने प्रक्षेपण गरिएको छ। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending