Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हेर्न पनि पाइन्न गाउँघरमा, इतिहास बन्दै ढिकी र जाँतो

खबरडबली संवाददाता

काठमाडौं  ।  गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोप हुन थालेका हुन् ।

तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि र गाउँघरमा विद्युतीकरण हुन थालेसँगै ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।

बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् । 

केही वर्ष अघि सम्म गाउँघरमा बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्या भने साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पर्ने अवस्था रहेको थियो । तर, केही वर्ष देखि सडक निर्माणसँगै विद्युतीकरण भएपछि गाउँघरमा पुराना ढिकीजाँतो पाइन छाडेको छ । 

हिजोआज बिजुलीबाट चल्ने मिल गाउँगाउँमा बने सँगै महिला तथा ज्यालामजदुरी गरेर दुईछाक खानेहरुलाई सुविस्ता भएको छ । ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो ने भए पनि सजिलो र समय बचाउन पनि आजकाल ढिकीजाँतोको प्रयोग हुन छाडेको छ । बिजुलीमा पिसेको खानामा त कुनै स्वाद नै नहुने बुढापाकाहर बताउँछन् । त्यो समयमा आफुहरुले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका ७० काटेका आमाहरुले बताउने गरेका छन् ।

कुटानी–पिसानीको काम ढिकी रजाँतोमा गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको ग्रामिणमहिलाहरुको भनाइ छ । ढिकी–जाँतोको काम गर्न नपर्दा र हरेक घरघर र टोलटोलमा पिउनेपानीको व्यवस्था भएपछि समय बचत समेत हुने गरेको छ ।

कतिपय गाउँमा अझै पनि खानेपानीको समस्या भने जस्ताको तस्तै रहेको छ । ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा (बटुक) बनाउने गेडागुडी कुट्न र पिस्न भने नपाउने अवस्था रहेको छ । ढिकीमा कुटेर बनाएको, सेलरोटी लगायतका खाद्यवस्तु भने वेस्वादका हुने गरेका ग्रामिण महिलाहरु बताउँछन् । 

घरघरै हुने ढिकी, जाँतो  गाउँगाउँमा बिजुली पुगे सँगै पछिल्लो समय गाउँघरमा हुने विभिन्न धार्मीक तथा सामाजिक कार्यहरुमा सात गाम डुल्दा समेत पाइन दछाडेका छन् । कुनै कुनै गाउँमा केही घरमा भएका ढिकी उक्काएर फाल्न खोजेको अवस्थामा पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेको पाईन्छ । 

कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले समयको बचत हुँदा बिहान घरको काम गरेर महिलाहरु दिउँसा विभिन्न कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिलाउन थालेका छन् । समय बचत भएपछि सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन समेत गर्ने गरेको पाइन्छ । 

गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा रहेको छ । पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो समेत लोप हुँदै गएका छन् । 

हिजो मानिसका अभावका सारथी आज मासिँदै जाँदा बुढापाहरु चिन्तीत हुन थालेका छन् । कतिपय स्थानमा त समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन् । नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, भेशभूषा, परम्परा र संस्कार जगेर्ना गर्नु पर्ने अवस्था आएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending