Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विश्व साहित्य सम्मेलन पाेर्चुगलमा हुने

खबरडबली संवाददाता

काठमाडाैं  । अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८- १० पोर्चुगलको लिस्बोनमा हुने भएकाे छ ।

नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा ८ औ सम्मेलन "अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन"को आयोजना गर्न लागेको हो । हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दै आएको अनेसासले यो पटक पोर्चुगलमा गर्न लागेको हो ।

आगामी मार्च ८ देखि १० तारिख अर्थात फागुन २५ देखि २७ गतेसम्म तीन दिन आयोजना हुने सम्मेलनलाई अनेसासको पोर्चुगल च्याप्टरले संयोजन तथा ब्याबस्थापन गर्दैछ ।

सम्मेलनमा अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्ड अफ ट्रष्टी, अनेसासका च्याप्टर साथै उपसमितिका अध्यक्ष तथा प्रतिनिधि, अनेसास आजिवन सदस्य, साहित्यकार, भाषा सेवी, कलाकर्मी, संस्कृतिविद लगायत विश्वभरबाट साहित्यिक कर्ममा सक्रिय व्यक्तिहरूको सहभागिता रहने अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले बताए ।

सम्मेलन आयोजनाको संयोजन तथा ब्यावस्थापन गरिरहेको अनेसास पोर्चुगललाई आयोजनामा अनेसास पोर्चुगल च्याप्टरलाई डेनमार्क, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, इटाली, नर्वे लगायत युरोपमा रहेका अनेसासका अन्य च्याप्टरहरुले पनि सहयोग गरिरहेको अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले बताए ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे छलफल, सम्मान कार्यक्रम, पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीको साथै विभिन्न भाषा, साहित्य र संस्कृति माथी कार्यपत्र प्रस्तुत तथा छलफल रहने अञ्जानले जानकारी दिए ।

सामन्यतया अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपाली भाषालाई मात्र प्राथमिकता दिइँदै आएकोमा पोर्चुगल सम्मेलनमा भने सम्भव भएसम्म नेपालका अन्य मातृ भाषाका साहित्य र सर्जकहरुलाई पनि समेट्ने योजना रहेको, यसका साथै सम्मेलनमा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध विषयमा छलफलको कार्यक्रम पनि रहने जनाए ।

युरोपमा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका व्यक्तिहरुलाई पनि सम्मान गर्ने महासचिव अञ्जानले बताए । 

पोर्चुगलको राजधानी लिस्वनमा हुने सम्मेलनको पहिलो दिन मार्च ८ तारिख विश्व नारी दिवस विशेष कार्यक्रम राखिएको छ । त्यसैगरी दोस्रो दिन मार्च ९ तारिख विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी राखिएको छ । जसअन्तरगत विभिन्न विषयमाथिको छलफल, कार्यपत्र प्रस्तुति सहित सम्मेलनका सम्पूर्ण गतिविधि रहने छ । त्यसैगरी अन्तिम दिन मार्च १० तारिख काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । जसमा सम्मेलनमा सहभागी साहित्यकारहरुलाई पोर्चुगलका ऐतिहासिक तथा विशेष स्थानहरुको भ्रमण गराइने छ ।

सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि विश्वभर रहेका अनेसाससङ आवद्ध ब्यक्तित्व, कवि, लेखक, पत्रकार तथा सम्पुर्ण संघसंस्था प्रती सहयोगको अपिल समेत गरिएको छ । विशेष गरि पोर्चुगलमा रहेका विभिन्न संघ सस्थाहरुलाई यो साहित्यको महाकुम्भलाई सफल बनाउन साथ सहयोगको लागि आब्हान गरिएको छ ।

सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरि ८० भन्दा धेरै यसका शाखाहरु रहेको र त्यसमार्फत हालसम्म २ हजार ६ सय जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरु अनेसासमा आवद्ध रहेका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending