Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रचण्ड/बाबुरामका आँखा आँसुले भरिएको साँझ

  • \"nachaghar\" झण्डा एउटै बाटो आफ्नो आफ्नो को छ आफ्नो, को छ र बिरानो
यो गीत जनवादी गायक झन्कार बुढा मगरले जमलस्थित राष्टिय नाचघरमा बुधबार दिउँसो गाउँदा दर्शकदीर्घामा उपस्थित माओवादी सुप्रिमो प्रचण्ड र नेता बाबुराम भट्टराईका आँखा टिलपिलटिलपिल गरे । सिंगानको सर्को छिटोछिटो तान्दै काँडैकाँडाको बाटो हिँडेका रोल्पा रुकुम सम्झिए । त्यसपछि आँखाबाट बेतालले झर्न बल गरिरहेका तिनै आँसुसित चिराचिरामा बाँडिएका माओवादीका विभिन्न खलक पनि आए । जनयुद्धका कमाण्डर प्रचण्ड र त्यसबेलाका जनसरकार प्रमुख भट्टराईसँगै कार्यक्रमस्थलमा सबैका आँखा भिजे । जनयुद्धको इपिसेन्टर रोल्पाका झन्कारको गीतले २०५२ फागुन १ देखि जनयुद्ध थाल्ने माओवादी विभिन्न चिरा परेको अहिलेका अवस्थालाई प्रतिविम्वित गरेको थियो । र, एक हुन आग्रह गरेको थियो । दर्शकका तालीको संगीतमा झन्कारको गीत मन्चबाट झरिरह्योः
  • भाका एउटै गीत आफ्नो आफ्नो लक्ष्य एउटै जित आफ्नो आफ्नो
लामो अन्तरालपछि जनयुद्धताका युद्धमा होमिएको सामना परिवारका कलाकारसहित थुप्रै जनवादी कलाकार एउटै स्टेजमा उभिएका थिए । त्यसपछि उद्घोषकले कार्यक्रमको औपाचारिकता सकाएर जनवादी कलाकार माइला लामालाई पहिलो प्रस्तुतिको लागि बोलाए । सहिद गायक धु्रव ज्ञवालीको स्वरमा रहेको
  • क्रान्तिकारी............ निस्कन झट्टटै निस्क बन्दुक बोकेर निस्क बोलको गीतलाई गायक लामाले प्रस्तुत गरे । त्यसपछि लामाले नै जन सेना हामी मुक्ती सेना हामी
गीतमा हातमा नक्कली बन्दुक र जनमुक्ति सेनाको पहिरनमा कलाकारहरुलाई नचाए । लामा संगीत र रचनामा जत्तिकै अब्बल छन् उद्घोषणमा पनि । ‘रक्तरञ्जित झण्डालाई बोकेर क्रान्तिको यात्रामा निरन्तर लागिरहने छु । सबैलाई लागि रहन आग्रह पनि गर्दछु’ भन्दै बमको छर्रा लागेर कान सुन्न र आँखा देख्न नसक्ने लामाले क्रान्तिमा निरन्तर लाग्न आग्रह गरे । लामा पछि जनवादी गायक जीवन शर्माले आफ्नै रचना/संगीतमा रहेको
  • मधेशी, पाहाडी, हिमालका हिमाली हामी सबै नैपाली !
गाए । लोकप्रिय गायक शर्माले फोक्ल्याण्डको टापुबाट  र सिमली छायाँमा बसी भरिया लामो सास फेरेको  जस्ता पुराना गीत पनि सुनाए । शर्माको प्रस्तुतिपछि माइला लामाको निर्देशनमा ‘जनयुद्धको दृश्य ओपेरा’ प्रस्तुत गरियो । ओपेराले जनमुक्ति सेनाले युद्ध मैदानमा लडेर जितेको र सहादत प्राप्त देखाएको थियो । ओपेरा पश्चात् प्रदिप देवानले
  • अरुण तरेर नाना, तमोर तरेर आयौँ हामि बिरताको गाथा कोरेर
गाए । गितारका कर्डहरु खेलाउँदै देवानले माओवादी आन्दोलनमा जस्तै आफ्नो स्वरमा पनि विचलन आएको र नमीठो भए नि सुनिदिन आग्रहसाथ गाए । जनवादी गायक तथा एमाओवादी सभासद् जेबी टुहुरेले अरुका भन्दा भिन्न ‘शान्ति चाहिन्छ’  बोलको गीत गाए भने जनवादी गायिका लक्ष्मी गुरुङले राष्ट्रभक्तिको गीत । गायक एवं संगीतकार चेतन सापकोटाले आफ्नै रचना र संगीत ‘बुद्ध पठाई देउ’  गाए । कार्यक्रममा कलाकारहरुले प्रहसनमार्फत् माओवादी आन्दोलनमा देखिएका विकृतिलाई उछिट्टो काढे । पाँचवटै माओवादीका कलाकारहरु एकै मञ्चमा भए पनि कार्यक्रममा पार्टी नेतृत्व र नेता भने एमाओवादीका मात्रै थिए । किरण नेतृत्वको नेकपा–माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसी ‘सोनाम’ कार्यक्रमबीचमा आइपुगे भने विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रीय सदस्य माइला लामा कलाकारको रुपमा पुगे पनि अन्य नेता देखिएनन् । त्यस्तै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) बाट पनि कोही नेता उपस्थित थिएनन् । कार्यक्रम संयोजन गरे पनि नेता तथा कलाकार मणि थापा स्वास्थ्यस्थितिका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी गराएका थिए । जनयुद्धताका जनवादी गीतसंगीतको नेतृत्व गरेका थापा कुशल गीतकार तथा संगीतकार हुन् । थापा माओवादीकै एउटा खलक क्रान्तिकारी कम्युनिष्ट पार्टी महासचिव हुन् । मुख्य नेता नपुगे पनि जमलको राष्ट्रिय नाचघर भने पाँच माओवादी कार्यकर्ताले खचाखच भरिएको थियो । टाउकोमा रातो कफन र जनसेनाको पहिरनमा ‘होसियार ! दलालहरु होसियार.....’ जोशिलो गीतसाथ कार्यक्रमको बिट मारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending