काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।
भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।
‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ हुन लागेको समिटको उद्देश्य सदस्य संघ÷संस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका अशल अभ्यासहरुलाई धेरै संस्थामा पु¥याउने र अभियानमा ऐक्यवद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाई राख्ने रहेको छ ।
त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतिहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।
‘बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ’, उनले थपे, ‘बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।’
समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरणः कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए ।
त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणमा उपाय, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमाः प्रविधीमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने सिईओ दाहालले जानकारी दिए ।
बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सहआयोजकको रुपमा रहेको छन् । त्यसैगरी बागमती प्रदेश संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो ।
समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताए । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: