काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको बताएका छन्। शुक्रवारको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको बताए ।
‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’
आफ्नो इतिहासको गुणगान मात्र गाउन र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न उनको सुझाव छ । ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ । कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौँ ,’ उनले भने ।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन्। खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन्।
यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रमशस् सांगठानिक र समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्। शर्माले पेश गरेको प्रस्तावमा कोशीमा सरकार बनाउँदाको असर गत माघ ११ को राष्ट्रिय सभा चुनावमा देखिएको उल्लेख छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...
चैत्र १७ गते, २०८२ - १३:५८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ। सभापति लाम...
चैत्र १७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...
चैत्र १७ गते, २०८२ - १३:२१
काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
चैत्र १७ गते, २०८२ - १२:५१
काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...
चैत्र १७ गते, २०८२ - १२:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।...
चैत्र १७ गते, २०८२ - ११:५०
काठमाडौं । संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि उक्त बैठक...
चैत्र १७ गते, २०८२ - ११:४४
मकवानपुर। मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को सिमाना स...
चैत्र १७ गते, २०८२ - ११:३८
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...


प्रतिकृया लेख्नुहोस्: