काठमाडौं । पछिल्लो तीन महिनामा नेपाल टेलिकमको सञ्चालन आय करिब ३६ करोडले वृद्धि भएको छ । कम्पनीले मङ्गलबार सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनले ग्राहकबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३५ करोड ९६ लाख ६१ हजार रुपैयाँले बढाएको हो ।
गत वर्ष कात्तिक, मङ्सिर र पुस गरी तीन महिनाको अवधिमा टेलिकमले सेवा बिक्री गरी ग्राहकबाट कूल आठ अर्ब ३० करोड २० लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस वर्षको सोही अवधिमा भने कम्पनी आठ अर्ब ६६ करोड १७ लाख १६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
तर बैंक निक्षेपबाट प्राप्त हुने आम्दानी घट्दा त्यसको असर कम्पनीको समग्र कूल आम्दानीमा परेको छ । जसका कारण टेलिकमको कूल आम्दानी भने गिरावट देखिएको छ । समीक्षा अवधिमा गत वर्षको तुलनामा टेलिकमको ब्याज आम्दानी मात्रै ९७ करोड ८० लाख २३ हजारले घटेको देखिन्छ ।
साथै अन्य आम्दानी १३ करोड एक लाख ५८ हजार रुपैयाँले बढेको छ । यसरी समग्रमा कम्पनीले समीक्षा अवधिको तीन महिनामा १० अर्ब ६६ करोड पाँच लाख ८७ हजार रुपैयाँ कूल आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४८ करोड ८२ लाख चार हजार रुपैयाँले थोरै हो ।
ब्याज आम्दानी घट्दा त्यसको असर कम्पनीको खुद मुनाफामा समेत परेको छ । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यस वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफामा नौ करोड नौ लाख एक हजार रुपैयाँ गिरावट देखिएको छ ।
चालि आर्थिक वर्षको सुरुवाति छ महिनासम्मको वित्तीय कारोबारको कुरा गर्ने हो भने पनि कूल आम्दानी र खुद मुनाफा दुवै घटेको देखिन्छ । गत वर्षको सुरुवाति छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा कम्पनीको कूल आम्दानी ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले घटेर २१ अर्ब ३० करोड ९३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै सुरुवाति छ महिनाको खुद मुनाफा पनि ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेर तीन अर्ब ९३ करोड १४ लाख चार हजार रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कूल आम्दानी र खुद मुनाफामा घट्नुको कारण बारे जानकारी दिएको छ । कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोग, प्रतिकूल मौसमका कारण मर्मत सम्भारमा भएको ढिलाई, दुर्गम तथा विकट स्थानमा समेत सेवा विस्तार गर्नुपर्ने दायित्व, सेवाको घट्दो मूल्य र बैंक ब्याजदरमा भएको परिवर्तनले कम्पनीको वित्तीय प्रदर्शनमा नकारात्मक असर परेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: