Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एसएसपी न्यौपानेका बडिगार्डको घटनाबारे बयान

\"sspटीकापुरसँगै जोडिएको चिलमचोकमा सोमबार दिउँसो करिब दुई बजे आन्दोलनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न थाले एसपी सा’ब ९ सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने० आफैं घटनास्थलमा उपस्थित भएर निषेधित क्षेत्र नतोड्ने बारे बाहिर आफ्नो कार्यक्रम गर्नुस् भनेर सम्झाउँदै हुनुहुन्थ्यो । आजको नयाँपत्रीका दैनिकमा न्यौपानेका बडिगार्ड मानबहादुर मगरको बयानमा भनिएको छ– ५–६ हजारको संख्यामा रहेका आन्दोलनकारीले चारैतिरबाट घेरा हाले । हामी घेरामा पर्यौं । आन्दोलनकारीले एकतर्र्फी गुलेली, ढुंगामुढा, लाठी, भालालगायतका हतियार हामीमाथि लगातार बर्साए । हामीसँग रबर बुलेट र अश्रुग्यास मात्रै थियो । त्यो भएसम्म प्रयोग गर्यौं । भएको सबै सकियो । स्थिति नियन्त्रणमा आएन । उनीहरु झन् उग्र हुँदै निरन्तर आक्रमण गर्न थाले । पछाडि सशस्त्र प्रहरीको टोली थियो, गोली चलाउने आदेश छैन भन्दै पछाडि फर्कियो । हामी नेपाल प्रहरी २५ जना मात्रै थियौं । एसएसपी साबले फायर खोल्न आदेश दिनुभयो । तर, हामीसँग गोली र हतियार थिएन । हामीसँग भएको रबर बुलेट र अश्रुग्यास सबै सकिइसकेको थियो । घाइते भए पनि एसएसपी सावले फायर खोल्नुस् भन्ने आदेश सशस्त्र प्रहरीलाई दिनुभयो, उनीहरुले मानेनन् । आफ्नै एसएसपी मारिँदा पनि सशस्त्रका एसपी लक्ष्मण सिंह आदेश छैन भन्दै आफ्नो ज्यान जोगाउन पछि हट्नुभयो । सँगैका प्रहरीहरुलाई चोटपटक लागेको छ । उनीहरुले दुई दिनसम्म पनि खाना खाएका थिएनन् । उनीहरु निकै थकित र त्रसित देखिन्थे । एसएसपी सा’ब एकपटक आक्रमणकारीको बीचबाट फुत्कन सफल पनि हुनुभयो । तर, भागेर जाने बेला नजिकैको घरको बारमा अड्किनुभयो । उहाँलाई नजिकैको घरमा भित्रै लुकाएर हामी बाहिर निस्कएर खेततिरको नालामा बस्यौं । सरको सञ्चार सेट थियो । सञ्चार सेट बजेको आवाज सुनेर आन्दोलनकारी घरभित्र छिरेर सरलाई बाहिर ल्याई लाडी र भालाले हानेर मारे । उहाँले नमार्नुस् तपाईंहरुकै दाजुभाइ हुँ भनेर हात जोड्दा पनि उल्टै बढी बोल्छस् भनेर मारेरै छाडे । दाहिने आँखा, टाउको र खुट्टामा हाने । (धनगढिस्थित सेती अञ्चल अस्पतालमा उपचाररत बुढामगरसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending