Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

खबरडबली संवाददाता

चितवन । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् । 

मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् ।

सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो । रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल ९रेवान० सौराहाका अध्यक्ष धुव्र गिरीले भने, “यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ ।” उनले यस क्षेत्रको विकासका लागि बसपार्कसम्म पुग्ने सडकमार्गमा ‘डालो लाइट’ जडान गरी ‘नाइट म्युजिकल लाईफ’को सुरुआत गर्न १८औँ फुड फेष्टिवलले सहयोग गर्ने बताए ।

अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवललगत्तै काम सुरु गरिने जानकारी दिए। उनका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन् ।

“नयाँ ठाउँ छनोट गरेका दर्शक र पर्यटक आउँदैन् कि भनेर सोचेका थियौँ । फेष्टिवलको पहिलो दिनमा नै र्‍यालिदेखि फेष्टिवल परिसरमा खानाको स्वाद लिन पर्यटकको घुइँचो देख्दा हार्षित छौँ”, गिरीले भने । अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा कमि हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुन:गतिशील बन्ने सङ्केत दिएको पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताए । सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको रेवानका महासचिव नवीन नेपालले बताए । फेष्टिवलमा नयाँनयाँ स्थानीय परिकारका खानाको स्वादमा पर्यटक खुसी देखिएका उनको भनाइ थियो ।  

सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश तथा विदेश ‘घुमौँ सौराहा अभियान’ लिएर जाने योजना रहेको अध्यक्ष गिरीले बताए । “चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपालसम्म उक्त अभियान लिएर प्रचारप्रसारमा जाने योजना बनाएका छौँ”, उनले भन्नुभयो । अध्यक्ष गिरीले सडक पूर्वाधार राम्रो नहुनु, हवाई यातायात महँगो हुनुलगायत कारणले पर्यटकको सङ्ख्या बढ्न नसकेको गिरीको भनाइ थियो । 

सौराहामा मात्रै साना–ठूला गरी एक सय ४० बढी होटल सञ्चालित छन् । दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगानीमा होटल तथा रेष्टुराँ खुल्ने क्रम जारी छ । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटक बढी आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

सौराहाका साथै निकुञ्जसँग जोडिएका पटिहानी, जगतपुर, मेघौलीलगायत स्थानमा पर्यटकको आगमन बढेको निकुञ्जले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा घुइँचो हुने गर्दछ । गतवर्ष स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा भिषण आँधीबेहोरी: ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ। चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन ...

इलाम–२ मा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी(काठमाड...

बझाङ मतगणना अपडेट: दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

पुजा शर्माको ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ...

इलाम- २ मा काँग्रेसको अग्रता कायमै

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले ...

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराला...

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ह...

बझाङमा एमालेको अग्रता

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies