Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिस्पर्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ ।  

म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल भएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रूपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताएकी हुन् । 

उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गरिन् । उनले भनिन्, “परम्परागत रूपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गर्थ्यो । लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे । ” दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवादन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताउँछिन् । 

“मैले गाउँमा आमाहरूले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौँ, तर आजभोलि मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ”, उनले भनिन् । बेनीको माघेसङ्क्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैँ मेला र बागलुङको चैतेदसैँमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उनको भनाइ थियो ।  

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सद्भाव, नाता सम्बन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उहाँ स्मरण गर्नुहुन्छ । तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उत्तीर्ण भएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याएकी छन् । 

विसं २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकारहरु गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारको रूपमा परिचित थिइन् । बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताइन् । 

“म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ”, उनले भनिन् । 

गायिका थापा र गायक पौडेलले बागलुङको चैतेदसैँ मेलामा लगातार प्रथम पुरस्कार हात पारेपनि उहाँहरूले सहभागी हुन नै छाड्नुपरेको थियो । शिक्षणमा ३७ वर्ष बिताउनुभएका ६१ वर्षीय पौडेलले दुई दशकसम्म प्रत्यक्ष लोकदोहोरी गाएका थिए । “मैले लामो समय प्रत्यक्ष दोहोरी गाएँ, तर गीत नै रेकर्ड भने गराउने मेसो मिलेन, त्यतिबेला गाउँगाउँका मेलामा दोहोरी गीत गुञ्जन्थ्यो, हिजोआज रेकर्डका गीतले मेला महोत्सवमा बढी ठाउँ पाउन थालेका छन्, यसले गर्दा परम्परागत नेपाली मौलिक संस्कृतिको रूपमा परिचित लोक दोहोरी गाउँगाउँबाट हराउने अवस्थामा पुगेको छ”, पौडेलले भने । 

तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो । म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन् । तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन् । म्याग्दी लोक दोहोरीमा उर्वर भूमिको रूपमा समेत चिनिन्छ । पछिल्लो पुस्ताबाट लोक दोहोरी गायक गायिकाको रूपमा पहिचान बनाउन सफल कलाकार कृष्ण परियार, कुलदीप जुग्जाली, सोभा कार्की, सुमी घिमिरे सापकोटा, राम गगन, राजन भुजेललगायतले जिल्लाकै मेलाबाट आफ्नो गायन यात्रा सुरु गरेका थिए । 

मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउँछन् । “मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रूपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु”, उनले भने । हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा  नयाँ नयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: