काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईको शव भेटिएको थियो ।
कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।
त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्थामा घटना शंकास्पद देखिएको थियो ।
शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए । त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् ।
उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । यी सबै विषयलाई जोडेर सोधपुछ र थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...



प्रतिकृया लेख्नुहोस्: