Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

पाकिस्तान निर्वाचनः जेलमा रहेका खानलाई बलियो मत, गठबन्धन सरकार गठनको वार्तामा

स्वतन्त्र ९९, पीएमएल–एन ७१ र पीपीपी ५३ स्थानमा विजयी

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ । देशले नतिजाले आगामी केही दिन सरकार गठनका लागि राजनीतिक खरीद–बिक्रीको सामना गर्ने देखिएको छ । 

खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले महिनौं लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो । चुनावकै मुखमा पीटीआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिन्ह् प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पीटीआईले आफ्ना उम्मेदवारलाई स्वतन्त्ररूपमा निर्वाचनको मैदानमा उभ्यायो । पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले सशक्त नतिजा निकाल्न सफल भएको छ । यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीहरूलाई अझै पनि चुनौती दियो ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका छन् । 

सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग–नवाज ९पीएमएल–एन० ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ । 

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन् । “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार अबेर सम्म विभिन्न दलका नेताहरु वार्ताका लागि पीएमएल–एनको शक्ति केन्द्र लाहोरपुगेका समाचारहरु आएका थिए ।

लाहोरस्थित आफ्नो पार्टी मुख्यालयमा सरिफले भने, ’हामीसँग सरकार सञ्चालन का लागि पर्याप्त बहुमत छैन, त्यसैले हामीसँग काम गर्न सफल भएका अन्य दल र उम्मेदवारलाई आमन्त्रण गर्दछौं।

निर्वाचनमा व्यापक सहभागिता जनाउन र मतदान गर्न मतदान केन्द्रमा अनिवार्य उपस्थित हुन मतदातालाई गरिएको पीटीआईको प्रचारमा प्रयोग भएको र एआईले खानको आवाजमा तयार पारिदिएको भिडियो नै पीटीआई समर्थक ‘स्वतन्त्र’ उम्मेदवारको विजयका लागि महत्वपूर्ण भएको बताइएको छ । ‘एक वर्ष अघि खानको वास्तविक आवाजमा गरेका सम्बोधन र उहाँको आवाजलाई कपी गरी एआईले सिर्जना गरेको भिडियो क्लिपमार्फत् निर्वाचनको प्रचारप्रसार गरिएको थियो । 

स्वतन्त्र ९९, पीएमएल–एन ७१ र पीपीपी ५३ स्थानमा विजयी

“स्वतन्त्र स्रोतका अनुसार मतगणनाका क्रममा ‘धाँधली सुरु हुनुअघि’ हामीले नेशनल एसेम्लीका १५० सिटमा अग्रता लिएका थियौँ,” खानको एक्स अकाउन्टमा पोस्ट गरिएको निर्वाचनमा पार्टीले सफलता प्राप्त गरेको दावी गर्दै सार्वजनिक सन्देशमा भनिएको छ । 

मतगणनाको सुस्तताका कारण शनिबार बिहानसम्म स्वतन्त्र उम्मेदवारले कम्तीमा ९९ सिट जितेका छन्, जसमध्ये ८८ सिट खानप्रति पूर्णरूपमा वफादार रहेको पर्यवेक्षकहरूले दावी गरेका छन् ।

पीएमएल–एनले ७१ र पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० ले ५३ सिट जितेका छन् भने निर्वाचित २६६ सदस्यीय नेशनल एसेम्बलीमध्ये १५ को घोषणा हुन बाँकी छ ।

मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) सहित साना दलले २७ सीटमा बिजय हाँसिल गरेका छन् । एमक्यूएमले १७ स्थनमा बिजयी बनेको छ भने अन्य दलले बाँकी १० सीट जितेका छन् । 

साना दलको उदय आगामी दिनमा पीटीआईका लागि निकै चासोको विषय बन्नेछ । यदि पीटीआईका स्वतन्त्र उम्मेदवारहरू तीमध्ये कुनै एकमा सामेल भए भने उनीहरूले प्रतिस्पर्धात्मक मतमा पार्टीको प्रदर्शनको आधारमा छुट्याइएका महिला र धार्मिक अल्पसङ्ख्यकहरूका लागि आरक्षित थप ७० अनिर्वाचित सिटहरूको हिस्सा लिन सक्नेछन् ।

खानका विश्वासपात्रहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाका रहेका छन् । उक्त राज्यको शाङ्ला जिल्लामा कथित मतदान धाँधलीको विरोधमा प्रदर्शन गर्दा शुक्रबार प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई पीटीआई समर्थकहरूको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको बताइएको थियो । त्यसै त निर्वाचन अभियानका क्रममा भएका हिंसात्मक घटनामा सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता तथा सर्वसाधारण गरी दर्जनौँ मानिसले ज्यान गुमाएका छन् ।

खैबर पख्तुनख्वाको राजधानी पेशावर र बलुचिस्तान प्रान्तको क्वेटामा पनि ‘मतदानमा हस्तक्षेप र धाँधली’ को विरोधमा शुक्रबार र शनिबार पनि प्रदर्शन भएको छ ।

पेशावरमा करिब दुई हजार पीटीआई समर्थक प्रदर्शनमा सहभागी भएका २८ वर्षीय व्यापारीे मोहम्मद सलिमले भन्नुभयो, “हाम्रो मतपरिणाम परिवर्तन भएको छ । हाम्रा सबै मतको पुनः गणना हुनुपर्छ ।” 

निर्वाचन पहिले सरिफको पीएमएल–एनले सबैभन्दा बढी सिट जित्ने अपेक्षा गरिएको थियो र विश्लेषकहरूले यसका ७४ वर्षीय संस्थापकलाई सेनाको नेतृत्वमा रहेको संस्थापनको आशीर्वाद रहेको बताएका थिए ।

मतदानअघिका दिनहरूमा धेरै लामो जेल सजाय सुनाइएका खानलाई १० चुनाव लड्न पनि रोक लगाइएको छ ।

राष्ट्रव्यापी चुनावको दिन मोबाइल टेलिफोन ब्ल्याकआउट र परिणामको ढिलो गणनाले शरिफको सफलता सुनिश्चित गर्न सैन्य नेतृत्वको संस्थापनले प्रक्रियालाई प्रभावित गरिरहेको आशङ्का उत्पन्न गरेको थियो ।

मतदानसम्बन्धी अनुसनधानका लागि काम गर्ने ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले भो, “एक पार्टी र राजनीतिक समूहको रूपमा पीटीआईले नागरिक र सैन्य प्रतिष्ठानको महत्वपूर्ण प्रयासको बावजुद आफ्नो भोट बैंकलाई सुरक्षित राखेको छ ।” 

उनले एएफपीसँग भने, “यसले के देखाउँछ भने सेना सधैं आफ्नो मार्गमा आउँदैन, या केवले चाँदीको अस्तर हो ।”

धेरै हदसम्म पीपीपीको लोकप्रियता रहेको सिन्ध राज्यमा उसले पनि अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरेको छ । 

सन् २०१८ को चुनावमा पीटीआईले झिनो बहुमत प्राप्त गरेपछि पीएमएल–एन र पीपीपीले अप्रिल २०२२ मा खानलाई पदबाट हटाउन साना पार्टीहरूसँग गठबन्धन गरी खानविरूद्ध अभियान चलाएका थिए । 

त्यसपछि पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर खानले मूलतः उहाँको सत्ताको उदयलाई समर्थन गरेको सेनाको नेतृत्वमा रहेको संस्थापनविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाएका थिए । 

खानलाई गत साता राजद्रोह, भ्रष्टाचार र गैर–इस्लामिक विवाह गरेको अभियोगमा तीन वटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरिएको थियो ।

‘हस्तक्षेप वा धाँधलीको दाबीबारे अनुसन्धान हुनुपर्ने’ बेलायत र अमेरिकाको माग

बेलायतले निर्वाचनप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताएको छ भने संयुक्त राज्य अमेरिकाले ‘हस्तक्षेप वा धाँधलीको दाबीको पूर्ण अनुसन्धान हुनुपर्ने’ बताएको छ ।

कार्यवाहक गृहमन्त्री गोहर एजाजले सुरक्षाको कारण देखाउँदै मोबाइल फोन सेवा स्थगन गर्ने ‘कठिन निर्णय’को बचाउ गरेका छन् । 

“मोबाइल सेवा बन्द गर्दा पाकिस्तानमा निर्वाचनको परिणाम प्रसारणमा असर पर्छ र प्रक्रियामा ढिलाइ हुनेछ भन्ने कुरामा हामी पूर्ण रूपमा सचेत थियौं, तर यो विलम्ब र हाम्रा नागरिकहरूको सुरक्षामध्ये एकदम सहज छनौट थियो,” उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लाहोरका १९ वर्षीय मोहम्मद जुबैरले पीटीआई समर्थकले पीएमएल–एनको जित स्वीकार नगर्ने बताएका छन् । “सबैलाई थाहा छ, खानका स्वतन्त्र उम्मेदवारले कति सिट जितेका छन्”, उनले भने, “स्वतन्त्रहरूसँग चिनिएको कुनै चुनाव चिन्ह् , नेतृत्व गर्ने नेता, झण्डा वा ब्यानर छैन, तर पनि हामीले मैदानमा जितेका छौं ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE