Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पाकिस्तान निर्वाचनः जेलमा रहेका खानलाई बलियो मत, गठबन्धन सरकार गठनको वार्तामा

स्वतन्त्र ९९, पीएमएल–एन ७१ र पीपीपी ५३ स्थानमा विजयी

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ । देशले नतिजाले आगामी केही दिन सरकार गठनका लागि राजनीतिक खरीद–बिक्रीको सामना गर्ने देखिएको छ । 

खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले महिनौं लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो । चुनावकै मुखमा पीटीआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिन्ह् प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पीटीआईले आफ्ना उम्मेदवारलाई स्वतन्त्ररूपमा निर्वाचनको मैदानमा उभ्यायो । पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले सशक्त नतिजा निकाल्न सफल भएको छ । यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीहरूलाई अझै पनि चुनौती दियो ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका छन् । 

सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग–नवाज ९पीएमएल–एन० ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ । 

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन् । “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार अबेर सम्म विभिन्न दलका नेताहरु वार्ताका लागि पीएमएल–एनको शक्ति केन्द्र लाहोरपुगेका समाचारहरु आएका थिए ।

लाहोरस्थित आफ्नो पार्टी मुख्यालयमा सरिफले भने, ’हामीसँग सरकार सञ्चालन का लागि पर्याप्त बहुमत छैन, त्यसैले हामीसँग काम गर्न सफल भएका अन्य दल र उम्मेदवारलाई आमन्त्रण गर्दछौं।

निर्वाचनमा व्यापक सहभागिता जनाउन र मतदान गर्न मतदान केन्द्रमा अनिवार्य उपस्थित हुन मतदातालाई गरिएको पीटीआईको प्रचारमा प्रयोग भएको र एआईले खानको आवाजमा तयार पारिदिएको भिडियो नै पीटीआई समर्थक ‘स्वतन्त्र’ उम्मेदवारको विजयका लागि महत्वपूर्ण भएको बताइएको छ । ‘एक वर्ष अघि खानको वास्तविक आवाजमा गरेका सम्बोधन र उहाँको आवाजलाई कपी गरी एआईले सिर्जना गरेको भिडियो क्लिपमार्फत् निर्वाचनको प्रचारप्रसार गरिएको थियो । 

स्वतन्त्र ९९, पीएमएल–एन ७१ र पीपीपी ५३ स्थानमा विजयी

“स्वतन्त्र स्रोतका अनुसार मतगणनाका क्रममा ‘धाँधली सुरु हुनुअघि’ हामीले नेशनल एसेम्लीका १५० सिटमा अग्रता लिएका थियौँ,” खानको एक्स अकाउन्टमा पोस्ट गरिएको निर्वाचनमा पार्टीले सफलता प्राप्त गरेको दावी गर्दै सार्वजनिक सन्देशमा भनिएको छ । 

मतगणनाको सुस्तताका कारण शनिबार बिहानसम्म स्वतन्त्र उम्मेदवारले कम्तीमा ९९ सिट जितेका छन्, जसमध्ये ८८ सिट खानप्रति पूर्णरूपमा वफादार रहेको पर्यवेक्षकहरूले दावी गरेका छन् ।

पीएमएल–एनले ७१ र पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० ले ५३ सिट जितेका छन् भने निर्वाचित २६६ सदस्यीय नेशनल एसेम्बलीमध्ये १५ को घोषणा हुन बाँकी छ ।

मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) सहित साना दलले २७ सीटमा बिजय हाँसिल गरेका छन् । एमक्यूएमले १७ स्थनमा बिजयी बनेको छ भने अन्य दलले बाँकी १० सीट जितेका छन् । 

साना दलको उदय आगामी दिनमा पीटीआईका लागि निकै चासोको विषय बन्नेछ । यदि पीटीआईका स्वतन्त्र उम्मेदवारहरू तीमध्ये कुनै एकमा सामेल भए भने उनीहरूले प्रतिस्पर्धात्मक मतमा पार्टीको प्रदर्शनको आधारमा छुट्याइएका महिला र धार्मिक अल्पसङ्ख्यकहरूका लागि आरक्षित थप ७० अनिर्वाचित सिटहरूको हिस्सा लिन सक्नेछन् ।

खानका विश्वासपात्रहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाका रहेका छन् । उक्त राज्यको शाङ्ला जिल्लामा कथित मतदान धाँधलीको विरोधमा प्रदर्शन गर्दा शुक्रबार प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई पीटीआई समर्थकहरूको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको बताइएको थियो । त्यसै त निर्वाचन अभियानका क्रममा भएका हिंसात्मक घटनामा सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता तथा सर्वसाधारण गरी दर्जनौँ मानिसले ज्यान गुमाएका छन् ।

खैबर पख्तुनख्वाको राजधानी पेशावर र बलुचिस्तान प्रान्तको क्वेटामा पनि ‘मतदानमा हस्तक्षेप र धाँधली’ को विरोधमा शुक्रबार र शनिबार पनि प्रदर्शन भएको छ ।

पेशावरमा करिब दुई हजार पीटीआई समर्थक प्रदर्शनमा सहभागी भएका २८ वर्षीय व्यापारीे मोहम्मद सलिमले भन्नुभयो, “हाम्रो मतपरिणाम परिवर्तन भएको छ । हाम्रा सबै मतको पुनः गणना हुनुपर्छ ।” 

निर्वाचन पहिले सरिफको पीएमएल–एनले सबैभन्दा बढी सिट जित्ने अपेक्षा गरिएको थियो र विश्लेषकहरूले यसका ७४ वर्षीय संस्थापकलाई सेनाको नेतृत्वमा रहेको संस्थापनको आशीर्वाद रहेको बताएका थिए ।

मतदानअघिका दिनहरूमा धेरै लामो जेल सजाय सुनाइएका खानलाई १० चुनाव लड्न पनि रोक लगाइएको छ ।

राष्ट्रव्यापी चुनावको दिन मोबाइल टेलिफोन ब्ल्याकआउट र परिणामको ढिलो गणनाले शरिफको सफलता सुनिश्चित गर्न सैन्य नेतृत्वको संस्थापनले प्रक्रियालाई प्रभावित गरिरहेको आशङ्का उत्पन्न गरेको थियो ।

मतदानसम्बन्धी अनुसनधानका लागि काम गर्ने ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले भो, “एक पार्टी र राजनीतिक समूहको रूपमा पीटीआईले नागरिक र सैन्य प्रतिष्ठानको महत्वपूर्ण प्रयासको बावजुद आफ्नो भोट बैंकलाई सुरक्षित राखेको छ ।” 

उनले एएफपीसँग भने, “यसले के देखाउँछ भने सेना सधैं आफ्नो मार्गमा आउँदैन, या केवले चाँदीको अस्तर हो ।”

धेरै हदसम्म पीपीपीको लोकप्रियता रहेको सिन्ध राज्यमा उसले पनि अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरेको छ । 

सन् २०१८ को चुनावमा पीटीआईले झिनो बहुमत प्राप्त गरेपछि पीएमएल–एन र पीपीपीले अप्रिल २०२२ मा खानलाई पदबाट हटाउन साना पार्टीहरूसँग गठबन्धन गरी खानविरूद्ध अभियान चलाएका थिए । 

त्यसपछि पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर खानले मूलतः उहाँको सत्ताको उदयलाई समर्थन गरेको सेनाको नेतृत्वमा रहेको संस्थापनविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाएका थिए । 

खानलाई गत साता राजद्रोह, भ्रष्टाचार र गैर–इस्लामिक विवाह गरेको अभियोगमा तीन वटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरिएको थियो ।

‘हस्तक्षेप वा धाँधलीको दाबीबारे अनुसन्धान हुनुपर्ने’ बेलायत र अमेरिकाको माग

बेलायतले निर्वाचनप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताएको छ भने संयुक्त राज्य अमेरिकाले ‘हस्तक्षेप वा धाँधलीको दाबीको पूर्ण अनुसन्धान हुनुपर्ने’ बताएको छ ।

कार्यवाहक गृहमन्त्री गोहर एजाजले सुरक्षाको कारण देखाउँदै मोबाइल फोन सेवा स्थगन गर्ने ‘कठिन निर्णय’को बचाउ गरेका छन् । 

“मोबाइल सेवा बन्द गर्दा पाकिस्तानमा निर्वाचनको परिणाम प्रसारणमा असर पर्छ र प्रक्रियामा ढिलाइ हुनेछ भन्ने कुरामा हामी पूर्ण रूपमा सचेत थियौं, तर यो विलम्ब र हाम्रा नागरिकहरूको सुरक्षामध्ये एकदम सहज छनौट थियो,” उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लाहोरका १९ वर्षीय मोहम्मद जुबैरले पीटीआई समर्थकले पीएमएल–एनको जित स्वीकार नगर्ने बताएका छन् । “सबैलाई थाहा छ, खानका स्वतन्त्र उम्मेदवारले कति सिट जितेका छन्”, उनले भने, “स्वतन्त्रहरूसँग चिनिएको कुनै चुनाव चिन्ह् , नेतृत्व गर्ने नेता, झण्डा वा ब्यानर छैन, तर पनि हामीले मैदानमा जितेका छौं ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending