Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ ।

दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि गाउँपालिका–७ धारापानीका रिमप्रकाश थापाले बताए। “बाह्र वर्षअघि चन्दा जुटाएर मार्ग मात्र खोलिएको सडक कच्ची साँघुरो र ग्रेड नमिलेको थियो”, उनले भने, “घुम्ती तथा मोड र ग्रेड सुधारसँगै अप्ठ्यारो ठाउँमा ढलान भएपछि यात्राका क्रममा सहज र सुरक्षित महसुस हुन थालेको छ ।”

नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धौलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बन्न थालेको छ । सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्वसीले माग गरेका छन् । 

विसं २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा रु एक करोड ५० लाख खर्चेर यो सडकको मार्ग खोलिएको थियो । गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत विसं २०७६ चैत ४ गते दरवाङदेखि फेदी हुँदै धारापानी खण्डको छ किलोमिटर छ सय मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो । 
रु १४ करोड ३८ लाख ६७ हजारमा विसं २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल–ब्राइट–कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब एक वर्ष अलपत्र परेको थियो ।

विसं २०७९ को भदौमा कार्य क्षेत्रमा आएको मुख्य निर्माण कम्पनीका कर्मचारी हरिप्रसाद हुमागाईले हाल ९३ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको बताए । “दरवाङदेखि धारापानीसम्म छ किलोमिटर सडक फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गरेका छौँ”, उनले भने, “बादिकाको अप्ठ्यारो र साँघुरो भिरमा ३२४ मिटर सडक ढलान भएको छ ।” 

तीन दशमलव ५ तीनदेखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७ दशमलव ५ मिटरका दरले फराकिलो बनाइएको छ । ग्रेड नमिलेको ठाउँमा चार सय मिटर नयाँ मार्ग खोलिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले बताए ।  “बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो”, उनले भने, “सडक फराकिलो र ढलान गरेर यात्रालाई सहज र सुरक्षित बनाउने हाम्रो उद्देश्य हो । उकालो र भिरालो सडकमा गाडी बिग्रिने, दुर्घटना हुने, फस्ने, उक्लन नसक्ने समस्या हटेको छ ।”
 
यो सडकलाई प्रदेश सरकारले चालु आवमा रु पाँच करोड बजेट जिनियोजन भएको छ । यो सडकलाई मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमसँग जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न जोड दिइएको म्याग्दी प्रदेशसभा क्षेत्र ९ख०बाट निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। 

“धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने चार किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश सरकारले चालु आवमा रु पाँच करोड विनियोजन गरेको छ”, उनले भने, “सो सडक योजनालाई रु २५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending