Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ ।

दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि गाउँपालिका–७ धारापानीका रिमप्रकाश थापाले बताए। “बाह्र वर्षअघि चन्दा जुटाएर मार्ग मात्र खोलिएको सडक कच्ची साँघुरो र ग्रेड नमिलेको थियो”, उनले भने, “घुम्ती तथा मोड र ग्रेड सुधारसँगै अप्ठ्यारो ठाउँमा ढलान भएपछि यात्राका क्रममा सहज र सुरक्षित महसुस हुन थालेको छ ।”

नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धौलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बन्न थालेको छ । सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्वसीले माग गरेका छन् । 

विसं २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा रु एक करोड ५० लाख खर्चेर यो सडकको मार्ग खोलिएको थियो । गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत विसं २०७६ चैत ४ गते दरवाङदेखि फेदी हुँदै धारापानी खण्डको छ किलोमिटर छ सय मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो । 
रु १४ करोड ३८ लाख ६७ हजारमा विसं २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल–ब्राइट–कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब एक वर्ष अलपत्र परेको थियो ।

विसं २०७९ को भदौमा कार्य क्षेत्रमा आएको मुख्य निर्माण कम्पनीका कर्मचारी हरिप्रसाद हुमागाईले हाल ९३ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको बताए । “दरवाङदेखि धारापानीसम्म छ किलोमिटर सडक फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गरेका छौँ”, उनले भने, “बादिकाको अप्ठ्यारो र साँघुरो भिरमा ३२४ मिटर सडक ढलान भएको छ ।” 

तीन दशमलव ५ तीनदेखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७ दशमलव ५ मिटरका दरले फराकिलो बनाइएको छ । ग्रेड नमिलेको ठाउँमा चार सय मिटर नयाँ मार्ग खोलिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले बताए ।  “बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो”, उनले भने, “सडक फराकिलो र ढलान गरेर यात्रालाई सहज र सुरक्षित बनाउने हाम्रो उद्देश्य हो । उकालो र भिरालो सडकमा गाडी बिग्रिने, दुर्घटना हुने, फस्ने, उक्लन नसक्ने समस्या हटेको छ ।”
 
यो सडकलाई प्रदेश सरकारले चालु आवमा रु पाँच करोड बजेट जिनियोजन भएको छ । यो सडकलाई मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमसँग जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न जोड दिइएको म्याग्दी प्रदेशसभा क्षेत्र ९ख०बाट निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। 

“धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने चार किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश सरकारले चालु आवमा रु पाँच करोड विनियोजन गरेको छ”, उनले भने, “सो सडक योजनालाई रु २५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending