मस्को, रसियाली कारागारमा भोकहडतालमा रहनुभएका युक्रेनी विमानचालक नादिया साभचेन्कोको स्वास्थ्य निकै बिग्रिएको र उहाँको आउँदो केही दिनमा मृत्युहुनसक्ने जानकारी क्रेमलिनको मानव अधिकार परिषद्का एक सदस्यले शुक्रबार दिएका छन् ।
तेत्तीस वर्षीया साभचेन्को युक्रेनकी हेलिकप्टर चालक हुन् र उहाँलाई युक्रेनको पूर्वी भागमा मोर्टार आक्रमण गरी रसियाली दुई पत्रकार मारेको आरोप लगाइएको छ । उहाँलाई गत नौ महिनादेखि मस्कोको कारागारमा राखिएको छ ।
साभचेन्कोले यी आरोप अस्वीकार गर्नुभएको छ र उहाँले आफूलाई अपहरण गरी रसिया ल्याइएको दाबी गर्नुभएको छ । उहाँले डिसेम्बर १३ देखि भोकहडताल आरम्भ गर्नुभएको छ । उनले गत दुई सातादेखि ‘गुल्कोज ड्रिप’ पनि अस्वीकार गरेका छन् ।
क्रेमलिनको मानव अधिकार परिषद्का सदस्य यलेना मास्युकले शुक्रबार एक खुला पत्र लेखी गत केही दिनमा उनको स्वास्थ्य निकै खराब भएको बताए ।
उनले बिहीबार अस्पतालमा साभचेन्कोलाई भेट गर्नुभएको थियो र यी विमानचालकका आन्तरिक अङ्गहरूमा गम्भीर समस्या देखिएको बताए ।
उनले रसियाली नाम प्रयोग गरी आउँदो केही दिनमा नादेझ्दा साभचेन्कोको आउँदो केही दिनमा मृत्युहुनसक्ने बताए । मास्युकले राष्ट्रपति भ्लादिमिर पुटिनको मानव अधिकार परिषद्का प्रमुख मिखाइल फेदोतोभलाई यी विमानचालकलाई घरमै हिरासतमा राख्न अनुरोध गरिदिन आग्रह गरेका छन । उनले साभचेन्कोलाई युक्रेनको दूतावास वा मस्कोमा एक आवसीय स्थलमा राख्न सल्लाह दिएका छन् । उनले नादेझ्दा साभचेन्कोलाई रिहा गर्ने आफूहरूको अधिकार नभए पनि सुनुवाइपूर्वको हिरासतमा राख्ने व्यक्तिहरूलाई यस प्रकारको अनुरोध गर्ने अधिकार आफूलाई भएको बताए ।
युक्रेनी विमानचालकको मृत्यु भएमा रसियाले पश्चिमी मुलुकको थप प्रतिबन्ध भोग्नुपर्ने र त्यसले मुलुकलाई अझै एक्लो बनाउने चेतावनी मास्युकले दिए ।
उनले रसियाली कारागारमा मरेका मागनित्स्कीका लागि एक सूची भएको र साभचेन्कोका लागि पनि सूची हुने बताए । सरकारका गोप्य सूचना चुहाएको आरोप लागेका वकिल सेर्गेइ मागनित्स्कीको पनि रसियामा सुनुवाइपूर्वको हिरासतमा मृत्युभएको थियो ।
कारागारमा करिब एक वर्षसम्म रहँदा अग्नाशयको उपचार हनुनसकी मागनित्स्कीको मृत्यु भएको थियो र उनलाई रसियामा कारागारमा दिइने यातनाको सङ्केतको रुपमा हेरिएको छ । सन् २००९ मा यी वकिलको मृत्युमा जिम्मेवार भएका रसियाली अधिकारीहरूलाई कालो सूचीमा राख्ने कामका लागि अमेरिकाले मागनित्स्की ऐन पारित गरेको थियो ।
रसियाका लागि युरोपेली माहासङ्घको प्रतिनिधि मण्डलले एक विज्ञप्ति प्रकाशन गरी साभचेन्कोको निकै संवेदनशील स्वास्थ्यका लागि रसियाले जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै उहाँलाई मानवीय अधारमा रिहा गर्न आग्रह गरेको छ । फेदोतोभले यस विषयमा टिप्पणी गरेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: