Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

स्पा संघ नेपालको अध्यक्षमा पुरी निर्वाचित

खबरडवली संवाददाता

काठमाडौँ । स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन् ।

अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन् । त्यसैगरी, (नमस्ते स्पा) उपाध्यक्षमा विनोद श्रेष्ठ, (नेक्टर स्पा)का महासचिव अमृत थोकर, (जेन स्पा)का सचिव रामदेव महत्तो, कोषाध्यक्ष कैलाशसिंह थारु (किन्जला स्पा), र (स्पा हव) सह-कोषाध्यक्ष सविता अधिकारी ब्यूटी निर्वाचित भएका छन् ।

सदस्यमा (सेरेनेटी स्पा) रामेश्वर भैजु, ( स्पालोन स्पा) कुमार भण्डारी, (ओम शान्ति स्पा) केशव बस्नेत, (ट्रयाक्विलटी स्पा )श्याम कुमार पोख्रेल, (ट्रयांक्विलिटी स्पा) भुवनेश्वर फैँजु, (काठमाडौँ स्पा) नवराज दाहाल,( नेपालय स्पा) सैजिला थिङ र (प्याराडाइज स्पा)का सुर्यबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।

स्पा संघको नयाँ कार्यसमितिको समयावधि दुई वर्ष हुनेछ । यसअघिको कार्यसमितिमा अध्यक्ष सुभलाल थिङ रहेका थिए । स्पा संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकहरूले स्थापना साझा संस्था हो ।

स्पा तथा मसाजबाट अनैतिक गतिविधि भएको भन्दै स्पा व्यवसायलाई मर्यादित बनाउन संघको स्थापना भएको थियो । साधारण सभामा प्रमुख अतिथि नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले स्पाले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे । सरकारले स्पा व्यवसायीका निम्ति विशेष ऐन बनाएर प्रोत्साह गर्नुपर्ने उनको भनाइ थियो ।

स्पाले मानव शरीरलाई तन्दुरुस्त बनाउने सहयोग गर्ने श्रेष्ठको भनाइ छ । स्पा मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न व्यवसायीले नयाँ-नयाँ स्किम ल्याउनलाई उनले सुझाए ।

विशिष्ट अतिथि पर्यटन विद तथा लेखक कर्ण शाक्यले अलग , फरक र मौलिक तरिकाले जुनसुकै ब्यब्साय गरे सफलता हुने धारणा राखे । पर्यटनको छेत्र मा स्पा ब्यब्साय एउटा प्रचुर सम्भावना बोकेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाका २६ का अध्यक्ष ख्याम तिवारीले स्पाका लागि चाहिने मापदण्ड बनाउन महानगर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मापदण्ड विपरीत चलेका स्पालाई सुधार्दै लैजान संघका पदाधिकारीलाई आग्रह गरे ।

अतिथि ठमेल पर्यटन परिषदका अध्यक्ष भवीश्वर शर्मा, अतिथि विशाल ढकाल र नेपाल पर्यटन बोर्डका सदस्य सुमन घिमिरेको उपस्थिति थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending