गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी नि:शुल्क तालिम प्रदान गरेको छ । पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिए । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, उनले भने, “किसानले भैँसीपालन गरी दूध उत्पादन गरे पनि भैँसीको स्याहारसुसार राम्रोसँग गर्न नजान्दा पर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।” तालिममा किसानलाई नस्ल गुणस्तर पहिचान गर्ने विधि, पशुवस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिकालगायत बिषयमा जानकारी गराइएको डा सिंहको भनाई छ ।
“किसानले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने ब्यहोर्दै आउनु परेको छ, उनले भने, “तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।”
त्यस्तै पशुवस्तुका लागि स्थानीयस्तरमा पाइने जडीबुटीका औषधीबाट गर्न सकिने प्राथमिक उपचारका साथै किसान आफैँले जुकाको औषधीहरु खुवाउने तारिका र समयको विषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उनले बताए । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ”, डा सिंहले भने, “पशुवस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताका बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।” पालिकाभित्र पुख्र्यौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानलाई तालिम दिइएको उनले बताए ।
“तालिममा सहभागी किसानलाई प्रतिकिसान १० लिटर र १२ लिटरका गरी दुईवटा दूध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ”, उनले भने, “किसानका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।” किसानलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउँदा दूधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।
तालिममा २३ जना किसानको सहभागिता रहेको थियो । तालिम लिएका किसानले धेरै जसोले अहिले पनि दैनिक रुपमा भच्चेक बजारमा दूध ल्याएर बिक्री गर्दै आएका छन् । यही माघ २१ गते आइतबारदेखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १३:२७
महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...
पौष १३ गते, २०८२ - १२:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...
पौष १३ गते, २०८२ - १२:०२
हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...




प्रतिकृया लेख्नुहोस्: