Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

ओबामाले जापानी प्रधानमन्त्रीसँग क्षमा मागे

\"barackटोकियो । संयुक्त राज्य अमेरिकाले जापानी राजनीतिज्ञहरुमाथि जासुसी गरेको थियो भनी विकीलिक्सले सार्वजनिक गरेको सूचनाका लागि अमेरिकाले जापानसँग माफी मागेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार विहान जापानी प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी क्षमा मागेका हुन । बुधबार बिहान अमेरिकी राष्ट्रपति ओबामाले जापानी प्रधानमन्त्री आबेलाई टेलिफोन गरी उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै यदि त्यसबाट दुई देशको सम्बन्धमा कुनै असजिलो महसुश भएमा आफूले अमेरिकी जनताका तर्फबाट क्षमा माग्छु भनेको समाचारमा जनाइएको छ । तर यस्ता आरोपबाट आफू बिचलित नभएको र यसले अमेरिका र जापानबीचको असल र सुमधुर सम्बन्धमा कुनैपनि असर नपर्ने धारणा राखेको जापानी सरकारका प्रवक्ताले जानकारी दिएका छन् । जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले भने– उनीहरुबिच बुधबार बिहान फोनमा कुराकानी भयो र आगामी दिनमा विश्वव्यापी रुपमा आर्थिक मुद्धामा एक भएर कामगर्ने विषयमा सहमति भएको बताए । म धेरै नै क्षमा चाहन्छु कि यस हल्लाले जापानी राजनीतिमा पनि नराम्रो प्रभाव पार्न खोजेको छ र एउटा ठूलो बहसको सुरुवात गरेको छ– अमेरिकी राष्ट्रपति ओबामाको भनाई उद्धृतगर्दै प्रवक्ता सुगाले भने । जापान सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार बिहान प्रवक्ता सुगाले भने – त्यस विषयमा जापानी प्रधानमन्त्रीले पनि गहिरो चासो व्यक्त गर्ेका थिए । प्रधानमन्त्री आबेले यस्ता विषयमा जापानी नागरिकले चासो लिए र अमेरिकाका तर्फबाट यी कामहरु भएका थिए भन्ने कुरामा बहस चलाए भने यसले दुई देशबीचको सम्बन्धमा नै दरार उत्पन्न हुनसक्ने कुरा बताएका थिए । यसअघि जापानी प्रधानमन्त्री आबेले अमेरिकी उपराष्ट्रपति जो बाइदेनसँगको वार्ताका क्रममा पनि यस्तै चासो व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले वर्षौदेखि जापानी राजनीतिज्ञहरुका साथै त्यहाँका मुख्य मुख्य कम्पनीहरुका बारेमा अमेरिकाले जासुसी गरेको सूचना केही समयअघि विकीलिक्सले सार्वजनिक गरेको थियो । त्यस विषयमा हाल जापानमा ठूलो बहस चलेको छ । जापानी सञ्चारमाध्यमहरुमा यस विषयले बडो चर्चा पाएको छ र त्यहाँका नागरिकले पनि यस विषयको विरोध गरिरहेका छन् । जापान एसिया प्रशान्त क्षेत्रका लागि अमेरिकाको एक सबैभन्दा विश्वासिलो देश हो । यी दुई देशले व्यापार, सुरक्षा एवम् प्रतिरक्षाका क्षेत्रमा व्यापक सरसल्लाह र परामर्श गर्ने गर्दछन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending