काठमाडौं। काठमाडैंके धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् ।
सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन्। आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ । सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो। साथै स(परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ।
अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन् । रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन् । संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन्। कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेलहरु खेल्न सकिने ठाउ आकर्षक बनेको बताईन्। प्रियंका भन्छिन्, ‘सवै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए ।
ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ। ‘ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराईन्।
भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो । नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । बिभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उदेश्य हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: