Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । 

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर–ढुङ्गेसाँघु लाइन निर्माण सुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ । 

हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ । उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । 

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरुको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । 

आयोजना प्रमुख गौतमकाअनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आवद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ । 

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रीडको विश्वसनीयता बढ्नुकासाथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने छ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । 

नेपाल सरकारको करिब रु एक अर्ब २० करोड लगानीमा आर्थिक वर्ष २०७५/७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुङ्गेसाँघु सबस्टेसनमा दुई÷दुईवटा लाइन बे निर्माण गरिने छ । 

यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुङ्गेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइने छ । आयोजनाअन्तर्गतका सम्पूर्ण कामहरु आर्थिक वर्ष २०८१र८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending