चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ ।
भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ ।
भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिनुभयो । यस्तै उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ ।
फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुनेछ । विभिन्न जात जाति, सँकृति, भेषभुषा, बाजा गाजासहितको ¥याली पनि निकाल्ने कार्यक्रम तय भएको छ । यसका लागि वडागत रुपमा पत्रचार पनि गरिएको छ । सबैभन्दा बढी सहभागी ल्याउने वडालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । भरतपुरका २९ वटा वडामा सरसफाई तथा वृक्षरोपणका लागि पत्रचार पनि गरिएको छ ।
यसअघि भ्रमण वर्ष सफल बनाउन मुल समितिसहित २९ वटा उपसमितिहरु गठन गरिएको छ ।
भरतपुर भ्रमण वर्षमा आउने पर्यटकको मुख्य रोजाई चितवन राष्ट्रिय निकुञ्जमा जङगल सफारी, हात्ती सफारी, जीप सफारी, डुङ्गा सफारी, प्याराग्लाईडिङ, धार्मिक स्थलमा पुजापाठ हुने अनुमान गरिएको छ । यसका लागि सम्बन्धी ठाँउमा पूर्वाधारहरु तयार पारिएको छ ।
भ्रमण वर्षमा जङ्गल सफारी जाँदा बाघ र गैँडा देख्न नसकेका पर्यटकलाई भरतपुर ६ को देवनगरमा ओपन जु अर्थात बाघ र गैँडालाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस्तै भरतपुरको आँपटारीमा रहेको शीतकालिन दरबार दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गर्न लागिएको छ । दरबारको स्तरोन्नती गर्न बोलपत्र आह्वान भई फागुनको पहिलो साताभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढेको छ ।
भ्रमण वर्षमा राप्ती र नारायणीको तटिय क्षेत्रमा बास बस्न मन पराउने पर्यटकका लागि नयाँ १०० वटा भन्दा बढी होमस्टेहरु सञ्चालनमा आइसकेका छन् ।
भ्रमण वर्षलाई थप मनोरञ्जनात्मक बनाउन निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न साँकृतिक कार्यक्रमहरु आयोजना हुने छन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने महानगरले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुरतर्फ ध्यान केन्द्रीत गराउन नेपाल सरकारको मन्त्रिपरिषदको एउटा बैठक भरतपुरमा बसाउन पहल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।
यस्तै भ्रमण वर्षलाई थप चुस्तदुरुस्त बनाउन सुरक्षा निकायसँग पटक पटक छलफल गरिएको छ । पर्यटकको बसाँईलाई स्मरणीय तथा यादगर बनाउन चितवनका होटल व्यवसायीलाई गुणस्तरी सेवा प्रवाह गर्नुका साथै प्याकेजको व्यवस्था गर्न अनुरोध गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: