Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

खबरडबली संवाददाता

उदयपुर । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ । 

दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गरेपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् । 

उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन गर्नुभएपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् ।

उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताएको उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले राससलाई जानकारी दिए । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाउनुभएको उनले बताए ।

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै महाप्रबन्धक बस्नेतले भन्नुभयो, “शनिबार प्रधानमन्त्रीले अनुगमनपछि उद्योग सुधारका लागि प्रतिबद्धता जनाएको छन् । अब उद्योग सुधारका लागि सरकारको नीति कार्यान्वयन गर्दै पहिलाको अवस्थामा नै फर्काउने प्रयत्न गर्नेछौँ । यसमा उद्योग प्रशासन पनि कटिबद्ध छ ।”

प्रधानमन्त्री दाहालले उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको थिए ।

उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भने, “दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।”

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत तथा कांग्रेस उदयपुर पार्टी सभापति हिमाल कार्कीले भने, “प्रधानमन्त्रीले उद्योग सुधारमा प्रतिबद्धता जनाउनुका साथै नयाँ योजनाअनुसार अघि बढ्ने बताएको थिए ।”

जिल्लास्थित नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, माओवादी केन्द्रका सचिव किरण राई, स्वतन्त्र बुद्धिजीवी तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका पूर्वक्याम्पस प्रमुख रमेश रोकालगायतले प्रधानमन्त्री दाहालले दिनुभएको प्रतिबद्धतापछि स्थानीयमा उद्योगले पुन:जीवन पाउने आश जगाएको बताए ।

विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले विसं २०४७ देखि नियमित उत्पादन गर्न सुरु गरेको थियो ।

विसं २०५० देखि २०६७ सम्म उद्योगले दैनिक आठसय मेट्रिक टन अर्थात् १६ हजार बोरा गैँडाछाप सिमेन्ट उत्पादन गर्दै आएको थियो । विसं २०६७ देखि २०७४ सम्म उत्पादन क्षमता वृद्धि गरेर नौ सय मेट्रिक टन अर्थात् अठार हजार बोरा सिमेन्ट उत्पादन गर्दै आए पनि हिजोआज उद्योग जीर्ण हुँदै गएपछि महिनामा एक हप्ता राम्ररी सञ्चानन हुन सकिरहेको छैन । 

झन्डै पाँच सय श्रमिक र कर्मचारीले रोजगारी पाइरहेको उद्योगले दैनिक २० लाखदेखि २५ लाखको सिमेन्ट उत्पादन गरेर आम्दानी गर्दै आएको प्रशासन बताउँछ । एक वर्षयतादेखि उद्योग सञ्चालनमा समस्या भइरहेको, अधिकांश मेसिनरी सामान जीर्ण अवस्थामा रहेका, व्यवस्थापनलगायत काममा समस्या आइरहेको उद्योगका कर्मचारी तथा मजदुर बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending