Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

खबरडबली संवाददाता

इनरुवा । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९/८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो । जबर्जस्ती करणी उद्योगमा आव २०७८/७९ मा ३० वटा र ०७९/८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानव बेचबिखन शिर्षकमा आव २०७८/७९ मा आठ वटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएको थियो भने  चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८/७९ मा चार वटा र ०७९/८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ । 

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा  आव २०७८/७९ मा एउटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवकोे पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ । त्यसैगरी बोक्सीको अरोपमा आव २०७९/८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो ।   

बालयौन दुरुपयोग शीर्षकमा आव २०७८/७९ मा १५ वटा र ०७९/८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो । त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८/७९ मा ३६ वटा र ०७९/८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending