Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

खबरडबली संवाददाता

काठमाडौं  । रिलिज मिति नजिकिँदै गएको ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ ।  
धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘पूर्व बृटिस आर्मी तथा बृटिस आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रिमियर ऐतिहाँसिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, झापा। मोरङ, सुनसरी, उदयपुरका पूर्व बृटिस आर्मीहरु सहभागी हुने तयारी गरिरहनु भएको छ ।’ 
सो प्रिमियरको आयोजनाबारे उनले थपे,‘प्रिमियरको लागि हामीले यही २३ गते धरानमा पत्रकार सम्मेलन गरेर सो क्षेत्रमा थप जानकारी गराउँदैछौं । ऐतिहाँसिक प्रिमियर तयारी समितिले एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजा सहित गोर्खा वारियरको ब्यारन बोकेर धरान शहरमा र्याली गरेर सो टोली प्रिमियरमा सहभागी हुनेछ ।’  अन्य शहरबाट पनि र्याली सहित प्रिमियरमा बृटिस आर्मीहरु आउने पनि उनले जानकारी गराए ।
सो प्रिमियरमा बृटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरु, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरु, स्थानीय सरकारका प्रमुखहरु एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने पनि चाम्सले जनाएका छन् । उनका अनुसार नेपालको लागि यो पहिलो प्रिमियर भएकाले यसलाई ऐतिहाँसिक तुल्याईने छ । धरान यसपछि अन्य शहरमा पनि यस्तै प्रिमियर गरिने र सोबारे केही दिन भित्रै जानकारी गराउने पनि निर्देशक चाम्सले जानकारी गराए ।
यस अघि गोर्खा वारियरको बेलायतमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ । यसै क्रममा ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको निर्देशक चाम्सले जानकारी गराएका छन् ।
गत साता यो चलचित्रको ट्रेलर रिलिज गरेपछि गोर्खा वारियरको ‘हाईप’ ह्वात्तै बढेको छ । त्यसो त हालै गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो । 
गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ । 
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । यही चलचित्रबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैं बृटिस गोर्खा आर्मीसँगै पाईलट पनि हुन् ।  
यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending