Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुन्तला खेर जान नदिन सेलार स्टोर

खबरडबली संवाददाता

सुर्खेत। सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । 

किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरि आर्थिक रुपमा सक्षम बनाउका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ ।  सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरु अब सेलार स्थापनासँगै खुसी भएका छन् । 

सुन्तला  सेलार स्टोरमा राखेर  फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश बिक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना , परियोजना कार्यान्वन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा  सुन्तला जम्म गरि सुरक्षित राखेमा चैत महिना गर्मी याममा राम्रो आम्दानी गर्न सकिने उनले बताए । 

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समय सम्मा सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्य हुने गर्दछ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उदेश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए ।  

कुशे गाउँपालिका–५,७ र ८ ,छेडागाड नगरपालिका–१०र १२ , नलगाड नगरपालिका– ३ मा सेलार स्थापना भएका हुन् । यि क्षेत्रमा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरु बजारमा ल्याइ बिक्री वितरण गरि आर्थिक रुपमा बलियो बन्नु रहेको छ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्य हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।

प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार ३३३ रुपैयाँ  र कृषकले ५ लाख ६१ हजार ६६७ रुपैयाँ ब्यहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ वटा ठाउँ यही तरिकाले अनुदान उपलब्ध गराएको छ । 

किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टमा लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुका साथै सस्तोमा बिक्री गर्दा आर्थिक रुपमा ठुलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरि उचित समयमा बिक्री गर्न सकिने उनले बताए । 

५ मेट्रिक टन क्षमताको रहेका सेलारहरुमा ६ महिना सम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । त्यस्तै सुन्तलालाई हुकाउन तथा बढाउनका साथै प्राविद्यिक सल्लाह समेत दिने गरिएको छ । त्यस्तै बिभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत पुगेको ठाउँमा विद्युतबाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको छ ।

परियोजनाका अनुसार किसानको मागहरु प्रत्येक वर्ष नयाँ ,नयाँ सेलारहरु स्थापना गर्दै जाने योजना रहेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग , काटछाट तथा औषधि दिने सम्मको प्राविद्यिक कुराहरु दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए । परियोजना लागू भएको ठाउँमा किसानको माग अनुसार प्राविद्यिक खटिएर सहयोग गदै आएको उनको भनाई छ ।

खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौको सुन्तला बिक्री हुँदै आएको कुशे ५ दम्दालाका दिपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ । आफ्नै गाडी भएकाले माग अनुसार बिभिन्न ठाउँमा लिएर बिक्री हुँदै आएको उनले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending