Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौंः चेम्बर अध्यक्ष मल्ल

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले निर्यात प्रर्वद्धन गरेर व्यापारघाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’

नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्ने उनको भनाइ छ  । यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए । उनले भने,‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ, । मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।’ 

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्ने बताउँदै उनले निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने बताए  । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्ने बताए  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत छः प्रमुख सचेतक लेखक

महेन्द्रनगर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेकाे बताएका छन् । नेपाल...

पाँच वर्षदेखि साङ्लोमा बाँधिएका उदयपुरका युवराजको उद्धार

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार ...

आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छः दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहार...

गण्डकीका सभामुखविरुद्ध अदालत जाने कांग्रेसको तयारी

काठमाडौं । गण्डकी प्रदेश सभाका सभामुखको भूमिकालाई लिएर नेपाली कांग्रेस अदालत जाने भएको छ । सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत लिने...

तनहुँका अदुवा उत्पादक कृषक मारमा

तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्...

सिन्धुलीमा ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरिँदै

सिन्धुली । ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।   जर्जियाको राजधानी त्ब...

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोट...

कानुनीरूपमा दर्ता भयो इनड्राइभ

काठमाडौं । राइड हेलिङ प्लाटफर्म इनड्राइभ उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको ...

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

रौतहट। रौतहटबाट तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान प्रहरीले बरामद गरेको छ। गत १० गतेदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies