भरतपुर । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको हो ।
खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११ को एक किमिमा सीमाङ्कनको कार्य हुँदैछ । ६ किलोमिटर लम्बाई रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिईन् । ‘सीमाङ्कन पुरा गरेर काम गर्छु भन्दा अझै समय लाग्ने भयो, उनले भनिन्, ‘दुबै काम एक साथ बढाउदा जनतामा उत्साहा थपिन्छ । सुन्दर र हरियाली सहर बनाउने संकल्प पुरा हुन्छ।’
भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सकृय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गरेकी छन् । सीमाङ्कनको कार्य र आयोजनाको बारेमा स्थानीयलाई सहजीकरण गर्न प्रमुख दाहाल फिल्डमै पुग्ने गरेकी थिईन् ।
प्रमुख दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताईन् । आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पुरा गर्ने लक्ष्य पनि लिएको उनको भनाइ छ ।
पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।
गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रमस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो ।
बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...



प्रतिकृया लेख्नुहोस्: