Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाले प्युठानको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

खबरडबली संवाददाता

 काठमाडौं  । नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे ।  

प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए । प्रशिक्षण  गर्दै उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा तथा कार्यभारका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।  

पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका साथै प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मार्क्सवादी दर्शनशास्त्रको विषयमा प्रशिक्षण दिँदा  एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष  राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले  राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending