Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

एमाले प्युठानको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

खबरडबली संवाददाता

 काठमाडौं  । नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे ।  

प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए । प्रशिक्षण  गर्दै उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा तथा कार्यभारका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।  

पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका साथै प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मार्क्सवादी दर्शनशास्त्रको विषयमा प्रशिक्षण दिँदा  एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष  राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले  राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

सहरका खुला ठाउँमा बढ्दो विकृति : पार्कदेखि खाली जग्गासम्म दुर्व्यसनीको कब्जामा

दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क

‘जहाज हल्लिँदैमा दुर्घटना हुँदैन, सरकारको उडान गन्तव्यमा पुर्‍याउँछौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्‍याएरै छाड्ने प्र...

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending