Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

अधिकार समेटिएन भनेर नआत्तिन प्रधानमन्त्री कोइरालाको आग्रह

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान छिटो जारी गर्न नसक्दा नसोचेका दुर्घटनाहरु भैरहेको बताउँदै संविधानमा सबैका अधिकार समेटिन सकेन भनेर नआत्तिन आग्रह गरेका छन् । संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै उनले भने– ‘सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेका छन्, अब जनतालाई छिटो संविधान दिनुपर्छ, संविधान दिन नसक्दा नसोचेका घटना भइरहेका छन्, मुलुकमा अमनचयन गरेर संविधान दिनु आजको आवश्यकता हो । सबै मिलेर शान्ति कायम गरौँ, जति अशान्ति भयो त्यति नै नोक्सान हुन्छ, सुरक्षाकर्मीलाई पनि ज्यादती नहोस् भनेर भनिरहेका छौँ ।’ मस्यौदामा देखिएका कमीकमजोरीलाई परिमार्जन र सुधार गरेर जान सकिन्छ भन्दै प्रधानमन्त्री कोइरालाले आवश्यक पर्दा संशोधन गरेर अघि बढ्न सकिने भएकाले मेरा सबै कुरा समेटिएन भनेर नआत्तिन सुझाव दिएका हुन् । प्रधानमन्त्रीले सबैको भावनालाई बुझेर शालीनताका साथ संविधान लेखनलाई निष्कर्षमा पु¥याउन सबै सभासद्लाई आग्रह गरेका छन् । नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचको साझा डकुमेन्ट भएकाले यसलाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।  
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending