काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो ।
मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे । उनले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिए । उनले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: