काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न विबाहित महिलाहरुबीचको अन्तराष्ट्रिय प्रतियोगिता मिसेस वल्र्ड–२०२३ मा नेपालले सेमि फाईनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेको छ ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले ह्युमनिटेरियन अवार्ड जितेकी हुन्। मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन अवार्ड जित्न सफल भएको पृथ्वीयाले बताएकी छन् ।
‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रुपमा लिएको छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु । हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ भन्ने मलाई लाग्छ’ पृथ्वीयाले भनिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कंदै छन्।
मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुले ठुलो सफलताको रुपमा लिएको बताए । ‘मिसेस वल्र्डमा हामीले प्रतिनिधित्व गराएको यो दोश्रो अवसर हो । दोश्रो अवसरमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ उनले भने ।
प्रतियोगितामा मिसेस वल्र्ड २०२३ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन्। मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् । विश्वका ५७ भन्दा बढी देशका बिबाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: