काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल मधेश प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत आठौँ तहका शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध मंगलबार अभियोग पत्र दायर गरेको छ ।
भट्टराईले करिब साढे ४ करोड अकुत सम्पत्ती आर्जन गरेको आरोपमा अभियोग पत्र दायर गरेको हो ।
विशेष अदालतमा दायर गरिएको मुद्दामा भट्टराईले ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिगो माग गरिएको छ ।
भट्टराई ललितपुरका पूर्व मालपोत अधिकृत हुन् ।
२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका भट्टराईले २०७९ जेठ ३० गतेसम्म गरेको आम्दानी र खर्चको अनुसन्धान गर्दा अख्तियारले उक्त निष्कर्ष निकालेको हो । सम्पत्ति जफत प्रयोजनका लागि भट्टराईकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई पनि प्रतिवादी बनाइएको छ ।
२५ वर्षको अवधिमा भट्टराईको वैध आय ५ करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिएपनि उनले यो अवधिमा १० करोड २३ लाख ९२ हजार २ सय ८८ रुपैयाँ १५ पैसा कमाएको देखिएको अख्तियारको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: