Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

‘पञ्चायत, राणा शासन र राजतन्त्र फाल्यौं तर अधिकार जनतामा निहीत हुँदा चेतनाको विकास भएन’

किशोरसिंह राठौर भन्छन्- निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो

खबरडबली संवाददाता

नेपालगञ्ज । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर सरकार बन्ने देखियो । संसदीय व्यवस्थालाई मजबुत बनाउनका लागि संसद्, सांसद र सरकारको भूमिकामा अलि फरकपन आउनुपर्छ । पार्टीले नै चुनाव लड्ने र पार्टीले नै प्रतिनिधि पठाउने ग¥यो भने जुन किसिमको विकृति देखिएको छ त्यसको न्यूनीकरण हुन्छ भन्ने मलाई लाग्छ । 

नेपालमा संसदीय अभ्यास लामो छैन । लामो संसदीय अभ्यास गरिसकेको भारतसमेतका धेरै प्रजातान्त्रिक मुलुकमा पनि विकृति देखिएका छन् । हाम्रो मुलुक त भर्खरै गणतन्त्रसहितको संसदीय अभ्यासमा छ, तर यसको विकल्प पनि छैन । हामीले यसलाई परिमार्जित गरेर र अझ समुन्नत बनाएर लैजानुपर्ने आवश्यकता छ । 

अहिलेको निर्वाचन प्रणाली हेर्दा दलीयजस्तो तर व्यक्तिले चुनाव लड्नेजस्तो भयो । व्यक्तिले चुनाव लड्दा हाम्रो समाजको स्वरुप पनि हेर्नुपर्छ । हामीले लामो सङ्घर्ष ग¥र्यांै, लडाइँ लड्यौँ र तीन तीन वटा आन्दोलनको नेतृत्व ग¥र्यौं । हामीले पञ्चायत फाल्यौँ, राणा शासन फाल्यौँ र राजतन्त्र फाल्यौँ । अहिले सारा अधिकार जनतामा निहीत छ । अधिकार जति जनतामा छ तर जनताको चेतनाको विकास बढेको छैनजस्तो लागिरहेको छ । 

जनताले भोट हाल्दा जातका आधारमा, धर्मका आधारमा र प्रलोभनमा परेर हाल्ने प्रवृत्ति देखिएको छ । यो विकृति हो । भोट के का लागि दिने, किन दिने भन्ने कुराको पर्याप्त ज्ञान नभएका कारण विकृति देखापरिरहेको छ । बरु सम्पूर्ण चुनावलाई समानुपातिक पद्धतिमा लैजानु उपयुक्त हुने मेरो दृष्टिकोण छ । यसो गर्दा दलले चुनाव लड्छ । राम्रो वा नराम्रो कुराको जिम्मेवार पार्टी स्वयम् नै हुन्छ । 

अहिले समाजमा देखिएका विकृति विस्तारै हट्दै जान्छन् भन्ने लागेको छ । समाज एकैरुपमा सधैँ स्थिर भएर रहन सक्दैन । भन्नैपर्छ, हाम्रो समाज अहिले पनि छिटो परिणाम खोज्ने किसिमको छ । हामीले राजनीतिक परिवर्तन ग¥यौँ र आर्थिक परिवर्तन पनि हुँदैछ । आजको अवस्था र २० वर्षअघिको अवस्था हेर्दा थाहा हुन्छ, परिवर्तन नभएको होइन, भएको छ । हामीले आफूलाई पर्दा जे गर्न पनि तयार छौँ तर कानुन मान्न कोही तयार छैनौँ । कानुन पनि गरिबको लागि र कमजोरका लागि जस्तो भएको छ । सबैले कानुन मान्ने समाज बनाउन आवश्यक छ । 

जनताले परिकल्पना गरेको प्रतिनिधि चयन हुनु भनेको संसदीय व्यवस्थाको सुन्दर पक्ष हो । यो लोकतान्त्रिक अभ्यास पनि हो । हरेक प्रतिनिधि सक्षम हुनुपर्छ, दूरदर्शी हुनुपर्छ । नेतृत्व पनि यही समाजबाट आउने त हो । समाज राम्रो भयो भने नेतृत्व पनि राम्रो आउँछ । हामी भ्रष्टाचारले देश बर्बाद बनायो भनेर दिनरात चिन्ता, चासो र निराशाका कुरा गर्छौं । भ्रष्टाचार आर्थिक पाटो मात्रै होइन भ्रष्ट आचरणको कुरा पनि त हो । 

वास्तवमा पढेर मात्रै हुँदैन । भ्रष्टाचारी छ भने त्यसको छोरी विवाह नगर्ने, भ्रष्टाचारीलाई छोरी नदिने भयो भने मात्र समाजमा यसको सकारात्मक प्रभाव पर्छ । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने हदसम्म हामी जानुपर्छ । पछिल्ला वर्षमा भ्रष्टाचार विकराल बन्दै गएको छ । लोकतन्त्र भनेको समाजका सबै अनुशासित हुने कुरा पनि हो । अहिले त कस्तो भएको छ भने लोकतन्त्र भनेको अराजकता हो, जसले जे बोले पनि हुन्छ । 

पहिले त बरु मर्यादाको कुरा थियो तर अहिले मसँग असहमत भएपछि तपाइँले जे पनि बोल्न मिल्छ त ? असहमत हुन पाइन्छ तर जे पनि बोल्न पाइँदैन । अहिले दण्ड र पुरस्कारको प्रणालीलाई अघि बढाउन सकेका छैनौँ । गल्ती गर्नेलाई दण्ड गर्ने र राम्रो गर्नेलाई पुरस्कृत गर्ने हुनुपर्छ । यो गर्न नसकेका कारण २०४६ सालपछि अराजकता र उच्छृङ्खलता बढ्दै गएको छ । 

अर्कातर्फ, संसद् जसरी चल्नुपथ्र्यो त्यसरी चल्न सकेको छैन । संसद् चलाउन पनि सकिरहेका छैनौँ । संसदीय समिति पनि त्यति क्रियाशील हुन सकिरहेका छैनन् । संसदीय समितिले गरेका निर्णय र संसद्मा उठेका विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने हो । संसद् बोल्नका लागि बोल्ने मात्रै भएको छ । संसदीय समितिमा छलफल हुन्छ, बहस हुन्छ र निर्णय हुन्छ तर त्यो राम्रोसँग कार्यान्वयन हुँदैन । 

बाँकेको निर्वाचन क्षेत्र नं ३ नेपालगञ्ज बजारबाट नजिकै भए पनि विभिन्न कारणले पछि परेको छ । हिजोका दिनमा सक्षम नेतृत्व नभएका कारण यो अवस्था आएको हो । यस क्षेत्रमा २०२४ सालदेखिको सुकुम्बासी समस्या अहिलेसम्म समाधान हुन सकेको छैन । मुक्तकमैया र सुकुम्बासीको समस्या पाँच वर्षभित्रमा समाधान गर्छु भनेर मैले पहिलो प्राथमिकता दिएको छु । 

यस क्षेत्रमा खानेपानीको समस्या धेरै पेचिलो छ । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा खानेपानीको समस्या छ । खानेपानीका लागि सुरु भएका आयोजना सम्पन्न गर्ने मैले अठोट लिएको छु । तेस्रो प्राथमिकता सिँचाइ हो । सिक्टा सिँचाइ आयोजना २० वर्षअघि सुरु भए पनि ३ नं क्षेत्रमा विस्तार हुन सकेको छैन । सिक्टा सिँचाइ आयेजनालाई विस्तार गर्ने योजना छ । तर जहाँजहाँ सिक्टा सिँचाइ आयोजनाले समेट्दैन त्यहाँ बोरिङ, स्यालो ट्युबेल जडान गर्ने कार्यक्रम छ । 

बैजनाथ गाउँपालिकामा सिक्टा सिँचाइ आयोजनाले समेट्ने अवस्था छैन । त्यहाँ भेरी डाइभर्सन योजनामार्फत काम अघि बढ्दैछ । भेरी डाइभर्सनको पानी बबई नदी हुँदै मानखोलामा खसाउन जरुरी छ । बबईको पानीलाई मानखोलमा खसाएर त्यहाँबाट बिजुली पनि निकाल्न सकिन्छ र त्यो क्षेत्रमा सिँचाइ पनि हुन्छ । मानखोलाको तटबन्धको गुरुयोजना बनाएर काम गर्ने योजना छ । यो आयोजना अघि बढाउन म निरन्तर लागिरहेको छु । अन्य भौतिक पूर्वाधारका विषय पनि छन् ।  

युवा पलायन तीव्ररुपमा भइरहेको छ । आप्रवासन संसारभरि भइरहेको छ । हाम्रो देशभित्र पनि हामी एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर भइरहेका हुन्छौँ । हामी पहाडमा बस्ने तराईमा आएका छौँ, हिमालमा बस्ने पहाडमा झरेका छौँ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । म सल्यानमा जन्मेको, हामी त्यहाँबाट नेपालगञ्जमा आयौँ । नेपालगञ्जबाट फेरि काठमाडौँ गइसक्यौँ ।  

बहुदलीय व्यवस्था आएपछि शिक्षा प्रणाली नै त्यस्तो भयो की नेपालमा केही छैन, विदेशमा मात्र भविष्य छ भन्नेजस्तो भाष्य निर्माण गरिएको छ । मान्छेले एक किसिमको सपना बुनेर विदेश जान चाहन्छ । एउटा समस्याको विषय यो छ की राज्यले छात्रवृत्ति दिएर पढाएका मान्छे पनि यो देशमा बसिरहेका छैनन् । हामी कहीँ जान नपाएर यो देशमा बसेको त होइन नी । देशको सेवा गर्ने भनेर सबै कुरा त्याग गरेर हामी यहाँ बसेका छौँ । चालीस वर्षको राजनीतिक जीवनमा म पनि सफल त हुन सकिरहको छैन तर पनि म बसिरहेको छु । 

नेपाल अहिल्यै युरोप, अमेरिका हुन सक्दैन होला । राष्ट्रिय भावना र राष्ट्रप्रतिको माया पनि कमी भएको देखिनु विडम्बना हो । हामीले द्वन्द्व भएका बेला रोजागारीका लागि खाडीमुलुकमा मान्छे पठायौँ । उनीहरुले कमाएको पैसा राज्यले कसरी सदुपयोग गर्ने भन्ने कुरा चुनौतीको विषय हो जस्तो लाग्छ । हामी पहिले कृषिमा आधारित थियौँ, त्यतिबेला खेती गर्नेबाहेक अन्य अवसर थिएर तर अहिले खेती गर्दाभन्दा बढी श्रमको काम गर्दा पैसा बढी आउँछ । खेतीभन्दा खाडीमुलुक गएर काम गर्दा पैसा बढी आउँछ । खेतीमा दुःख बढी भयो तर त्यसअनुरुपको प्रतिफल प्राप्त गर्न किसानलाई मुस्किल भइरहेको छ । त्यसैले राज्यले खेती प्रणालीलाई कसरी आधुनिकीकरण गर्ने भन्ने विषयमा ध्यान पु¥याउन आवश्यक छ । 

(नेपाली कांग्रेसका सहमहामन्त्री राठौर बाँके- ३ बाट निर्वाचित सांसदसँग राससले गरेको कुराकानी)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending