Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

कैलालीमा पाटेबाघ र चितुवा संरक्षणमा चुनौती, यसरी पर्छन् पासोमा

खबरडबली संवाददाता

घोडाघोडी । गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

गत वर्षको असार ५ गते टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा  विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।

गत पुस ११ गते कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । २०७८ साल चैत १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु सङ्ख्या बढिरहेको  डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो ५ वर्षको  अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको  मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ । 

यसरी पासोमा पर्छन् वन्यजन्तु 

आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ  । अन्य साना जनावरलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । “मोटर साइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो,” उनले भने ।

उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बीचको द्वन्द्वका कारण पनि भएको देखिन्छ । संरक्षणकर्मी डा हेमसागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताउँछन् ।

“जङ्गल नजिक अहिले बस्ती बसिरहेका छन् । घरपालुवा जनावर र आफ्नो सुरक्षासँगै मासुका लागि मानिस पासो थाप्छन्,” उनी भन्छन्, “बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठूला जनावर मरिरहेका छन् ।”

पहिलेको तुलनामा अहिले पासोमा परेर चितुवा र बाघको मृत्यु सङ्ख्या बढिरहेको संरक्षणकर्मी तिलक ढकाल बताए । कैलालीसँग जोडिएको बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १।२२ हेक्टर  छ । अहिले जङ्गलको नजिक मानव बस्ती पुगेको छ । यसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय वन्यजन्तुका लागि पासो जोखिम बन्दै गइरहेको बताए । “करेन्ट, तारलगायत पासो थाप्ने क्रम बढ्दै गएको छ,  बँदेल, चित्तललगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन् जसमा बाघ, चितुवा परिरहेका छन्”, उनले भने, “यसरी पासो थाप्नु गैरकानुनी हो । यस्ता गतिविधि गरेको पाइएमा हामी कारबाही गर्छौं ।”

समस्या समाधानका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम पनि भइरहेको उनको भनाइ छ । कानुनमा पनि यसरी जङ्गली जनावरको हत्या गर्ने कार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुने व्यवस्था रहेको छ ।

 जैविक प्रजातिको विश्वव्यापी संरक्षण स्थिति र विलुप्त हुने जोखिमको अवस्थाको नियमित अनुगमन गर्ने संस्था आइयुसिएनले पाटेबाघ लोपोन्मुख  अवस्थामा रहेको जनाउँदै आफ्नो रातो सूचीमा राखेको छ । त्यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ ले पाटेबाघलाई संरक्षित स्तनधारी प्रजातिको सूचीमा राखेको छ ।

लोपोन्मुख प्रजातिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटेबाघलगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन ।  

पाटेबाघको सिकार गरेमा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ भने चितुवाको शिकारजन्य अपराध गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कानुनी प्रावधान रहेको छ ।

सरकारी निकायहरूले पनि अहिले बाघलगायत लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणमा ठूलो पहल गर्दै आइरहेका छन् तर समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवाजस्ता ठूला जनावर पनि पासोका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending