Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला सहभागी रहेका थिए ।

‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो । १४ दिने कार्यशालामा ८ जना प्रशिक्षकको मार्गनिर्देशनमा सहभागीहरुले ४ वटा वृत्तचित्र निर्माण गरेका थिए । पहिलो दिन कथा परिकल्पनाबाट सुरु भएको कार्यशालामा सहभागीहरुले पात्र छनोट, पटकथा लेखन, छायांकन तथा सम्पादनका बारेमा सिकेर बनाएका वृत्तचित्रको प्रदर्शन गर्दै कार्यशालाको समापन भएको थियो ।

कार्यशालामा रजिला श्रेष्ठले वृत्तचित्र परिकल्पना, राजन कठेतले कथा संरचना एवं प्रस्तुती र सुनिर पाण्डेले आइडिया पिचिङका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, शुभांगी खड्काले पात्रसँगको अन्तर्वार्ता, बबिन दुलालले छायांकन तथा दृश्य संयोजन, सुदिल धितालले ध्वनी तथा संगीत, किरण श्रेष्ठले भिडियो सम्पादन र नवनिधि दाहालले वृत्तचित्र वितरणका बारेमा प्रशिक्षण दिएका थिए । कार्यशालाको अन्तिम दिन कार्यशालाको दौरान सहभागीहरुले निर्माण गरेको वृत्तचित्रको ओस्कार फिल्म कलेजमा प्रदर्शन गरिएको थियो ।

कार्यशालामा चलचित्र वा वृत्तचित्र निर्माण र निर्देशनमा अनुभव नभएका महिलाहरुलाई सहभागी गराइ प्रयोगात्मक तालिम दिइएको मिराकल फिल्म्सकी संस्थापक तथा अल वुमन डकुमेन्ट्री वर्कशपकी संयोजक मिरा खड्काले बताइन् । ‘कहिल्यै डकुमेन्ट्री नबनाउनुभएका सहभागीहरु आफैंले कथा र पात्र खोजेर, स्क्रिप्ट लेखेर, आफैंले छायांकन र सम्पादन गरेर १४ दिनमा वृत्तचित्र तयार गर्नु चुनौतीपूर्ण काम थियो । तर, वहाँहरुले मेहनत र लगनका साथ वृत्तचित्र बनाउनुभयो, राम्रो पनि बनाउनु भएको छ,’ संयोजक खड्काले भनिन् ।

समापन कार्यक्रममा वृत्तचित्रहरुको पहिलो ड्राफ्ट मात्र प्रदर्शन गरिएको मिराकल फिल्म्सका सुरज कटुवालले बताए । पोस्ट प्रोडक्सनमा साउण्ड र कलरको काम छिट्टै सकेर औपचारिक कार्यक्रमसहित विशेष प्रदर्शनी गर्ने योजना रहेको पनि उनले बताए ।

यस्तै, वृत्तचित्र प्रदर्शनीका क्रममा कार्यशालाकी सह(संयोजक युबिना भट्टराईले १४ दिने कार्यशालाका उतारचढावहरु स्मरण गरिन् । छनोट गरिएका पात्रहरुले छायांकनको अनुमति नदिँदा र  छायांकनका क्रममा सडक दुर्घटना भएका किस्साहरु सुनाउँदै उनले वृत्तचित्र बनाउन सहभागीहरुले गरेको मेहनतको प्रशंसा गरिन् ।
 
१४ दिने कार्यशालामा सम्पदा वाग्ले र मोनिका थापाले ‘अ फेमिनिस्ट ड्राइभ’ वृत्तचित्र बनाएका थिए भने रेबिका कुँवर, आरजु पराजुली र आँचल ढकालको टोलीले ‘स्टल नम्बर २’ निर्माण गरेको थियो । यसैगरी, प्रतिभा कुलुङ र शैली मल्लले ‘अ सङ फ्रम एबी’ वृत्तचित्र बनाएका थिए भने रुपासी दुलाल, रिदिमा कँवर क्षेत्री र सुस्मिता बोगटीले ‘ट्रिलियम’ वृत्तचित्र बनाएका थिए । सहभागीहरुले सो कार्यशालाबाट वृत्तचित्र बनाउन मात्र नभएर नयाँ आयामबाट आफ्नो र आफु वरपरका जीवनलाई हेर्न समेत सिकाएको बताए ।

नेपालको चलचित्र वृत्तमा महिला फिल्मकर्मीहरु कम भएको महसुस गरेका कारण सो कार्यशाला आयोजना गरिएको मिराकल फिल्म्सले बताएको छ । चलचित्र बनाउन रुची भएर पनि सुरु गर्ने बाटो नपाइरहेका महिलाहरुलाई वृत्तचित्र मार्फत् यस क्षेत्रमा प्रवेश गर्ने सेतुका रुपमा कार्यशाला आयोजना गरिएको सहसंस्थापक खड्काले बताइन् । वृत्तचित्र कार्यशालाको यो पहिलो संस्करण भएपनि यसको सफलताले भविष्यमा अझै सशक्त कार्यक्रमहरु आयोजना गर्ने उर्जा मिलेको उनले बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending