बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गाउँगाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताएका छन् । बागलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाण्डेले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहमा पूर्णरुपमा अधिकार नआएको बताउँदै सीमित स्रोत साधन हुँदा पनि गण्डकी प्रदेशले प्राथमिकताका आधारमा जनतालाई सेवा सुविधा दिइरहेको बताए । उनले स्थानीय पालिका घरआँगनको सरकार भएको हुँदा नागरिकको हरेक समस्या बुझ्न र समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।
“हामी सङ्घीयताको कार्यान्वयनको चरणमा छौँ, जनताले हामीहरुबाट धेरै अपेक्षा गरेका छन् तर सीमित स्रोत साधान र पूर्ण रुपमा अधिकार आउन नसक्दा नागरिकको जनचाहनाअनुसार काम हुन सकेको छैन, यद्यपि प्रदेश सरकारले धेरै विकास गरेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “अब कुनै पनि नागरिक स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउने पर्ने छैन, गण्डकी सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लगेको छ ।”
उनले गण्डकीमा कोदोको रक्सीलाई ‘ब्रान्डेड’ बनाउनका लागि गृहकार्य गरिरहेको बताएँदै विदेशी रक्सी खुलेआम बिक्री हुने तर स्थानीयस्तरमा उत्पादन भएका चीजलाई निषेध गर्न नहुने बताए । यस वर्षदेखि प्रदेश सरकारले जनताले खानेपानी महङ्गो हुन्छ भनेर लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महसुल निःशुल्क गरेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: