काठमाडौं । लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन् ।
दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ हिउँदे वर्षा कुरेर बसेका किसानले माघको दोस्रो साता बित्दासमेत हिउँदे वर्षा नभएको गुनासो गरेका छन् । दुई करोड बराबरको आलु उत्पादन गर्ने यहाँका किसानले आलु रोप्ने समय घड्किन लागेको भन्दै टुसारो, चिसोले कक्र्याक बनेर बसेको सुक्खा माटोमै आलु रोप्न सुरु गरेको स्थानीय किसान बलराम कार्कीले बताए।
दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो। मंसिरमै बारी बनाएर हिउँदे बर्सादको पर्खाइमा बसेका किसानले लामो समयसम्म पनि पानी नपरे पछि खेतीको सिजन सकिएर उत्पादन घट्छकि भन्ने चिन्ता खेप्नु परेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए।
हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोमा सित, टुसारोले चिसोपन सोचेर माटोलाई कक्र्याएको ठाउँ चिसोपन ल्याँउदा रोपेको आलु चाडै उम्रने,माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने बनाउने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन् । आलु मात्रै हैन लेकका किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेतीपनि सुक्न थालेको जिल्लाका किसानहरूको दुखेसो रहेको छ। माघ, फागुन,चैत महिना किबीको बिरुवा लगाउने समय हो ।
यो समयमा धेरै किसानले किबी रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबीको बोट समेत मार्ने वैतेश्वर गाउँपालिका–१ का कृषक कर्णबहादुर तामाङले बताए ।
तामाङले यस वर्ष करिब ६ हजार किबीका बिरुवा किसानलाई बिक्री गरिसकेको बताए। गत वर्षपनि ढिलो गरि पानी पर्दा जिल्लामा गहुँ उत्पादन पनि घटेको थियो । यस वर्षपनि सिंचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन् । जिल्लाका कतिपय किसान आकाशे वर्षाको भरपर्नुपर्ने बाध्यता रहेको छ। यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने माघको पहिलो र दोस्रो साता नै हिमपात भएको छ।
हिमपातसँगै सामान्य हिउँदे वर्षापनि भएकाले यहाँका किसानलाई भने केही राहत मिलेको पाइएको छ। शैलुङ तथा कालिञ्चोकका किसानलाई भने हिमपातपछि आलु रोप्न सहज भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: