Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन् ।

दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ हिउँदे वर्षा कुरेर बसेका किसानले माघको दोस्रो साता बित्दासमेत हिउँदे वर्षा नभएको गुनासो गरेका छन् ।  दुई करोड बराबरको आलु उत्पादन गर्ने यहाँका किसानले आलु रोप्ने समय घड्किन लागेको भन्दै टुसारो, चिसोले कक्र्याक बनेर बसेको  सुक्खा माटोमै आलु रोप्न सुरु गरेको स्थानीय किसान बलराम कार्कीले बताए।

दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो। मंसिरमै बारी बनाएर हिउँदे बर्सादको पर्खाइमा बसेका किसानले लामो समयसम्म पनि पानी नपरे पछि खेतीको सिजन सकिएर उत्पादन घट्छकि भन्ने चिन्ता खेप्नु परेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए।

हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोमा सित, टुसारोले चिसोपन सोचेर माटोलाई कक्र्याएको ठाउँ  चिसोपन ल्याँउदा रोपेको आलु चाडै उम्रने,माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने बनाउने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन् ।  आलु मात्रै हैन लेकका किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेतीपनि सुक्न थालेको जिल्लाका किसानहरूको दुखेसो रहेको छ। माघ, फागुन,चैत महिना किबीको बिरुवा लगाउने समय हो ।

यो समयमा धेरै किसानले किबी रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबीको बोट समेत मार्ने वैतेश्वर गाउँपालिका–१ का कृषक कर्णबहादुर तामाङले बताए ।

तामाङले यस वर्ष करिब ६ हजार किबीका बिरुवा किसानलाई बिक्री गरिसकेको बताए। गत वर्षपनि ढिलो गरि पानी पर्दा जिल्लामा गहुँ उत्पादन पनि घटेको थियो । यस वर्षपनि सिंचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन् ।  जिल्लाका कतिपय किसान आकाशे वर्षाको भरपर्नुपर्ने बाध्यता रहेको छ। यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने माघको पहिलो र दोस्रो साता नै हिमपात भएको छ।

हिमपातसँगै सामान्य हिउँदे वर्षापनि भएकाले यहाँका किसानलाई भने केही राहत मिलेको पाइएको छ। शैलुङ तथा कालिञ्चोकका किसानलाई भने हिमपातपछि आलु रोप्न सहज भएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending