काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएकोे छ। फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदका लागि बिहान ९ देखि मतदान सुरु भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ। गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।
निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ।
मतदान सकिएपछि गणना हुने भएकाले आजै बेलुकासम्म परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ। सत्ता गठबन्धन एकजुट भएर निर्वाचनमा गएको हुनाले नतिजा स्पष्ट छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: